ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं बाहिर सबैभन्दा धेरै भ्रष्टाचार भएका जिल्लाहरुको सूचिमा चितवन दोस्रो


admin

चितवन,३० पुस । प्रदेश नम्बर ३ को चितवनमा विकास निर्माण र आर्थिक गतिविधि फस्टाएसँगै भ्रष्टाचारजन्य क्रियाकलापमा पनि वृद्धि भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जारी गरेको यस आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार काठमाडौं बाहिर सबैभन्दा धेरै भ्रष्टाचार भएका जिल्लाहरुको सूचिमा चितवन दोस्रो नम्बरमा रहेको छ ।

चितवन भन्दा धेरै भ्रष्टाचार हुने जिल्लामा काठमाडौं बाहिर मकवानपुर पर्दछ । चितवनमा यस आर्थिक वर्षको पुस मसान्तसम्म भ्रष्टाचारका ७४० वटा उजुरीहरु परेका थिए ।

चितवन जिल्लाका कार्यालयहरुको काम कारबाहीबारे परेका उजुरीहरुमा हेटौंडामा ४० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा ७०० वटा उजुरी दर्ता भएका थिए ।

जसमध्ये हेटौंडामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १८ वटा उजुरीको फर्छौट भएको थियो भने काठमाडौंमा जम्मा ५७२ वटा उजुरी फर्छौंट भएका छन् ।

अख्तियारको विवरणमा जनाइअनुसार चितवनमा गरिएको स्टिङ अपरेसनमा गत भदौं १२ गते विद्युत् प्राधिकरण भरतपुर कार्यालय सहायक कृष्णबहादुर सुवेदीलाई २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको थियो ।

अख्तियारले जनाए अनुसार चितवनमा भएका भ्रष्टाचारका विषयमा धेरै जसो उजुरीहरु चिठ्ठीबाट नै पर्ने गरेका छन् । प्रदेश नम्बर ३ का जिल्लाहरुमा समग्र उजुरीहरुको अवस्थालाई हेर्ने हो भने महिलामाथि जम्मा ४ वटा मात्र भ्रष्टाचारको आरोप लागेको थियो तर पुरुषहरु ५४४ जना र संघसंस्था १२१ लाई सो आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाए अनुसार भ्रष्टाचारको बारेमा सबैभन्दा धेरै उजुरी शिक्षा मन्त्रालयको १८।३२ प्रतिशत रहेको छ ।

त्यस्तै आमसर्वसाधारणसँग अधिक मात्रामा अतिरिक्त रकम लिने कार्यालयहरुमा मालपोत कार्यालय र स्थानीय तह मुख्यरुपमा रहेका छन् । सबैभन्दा धेरै भ्रष्टाचार सम्भाव्य क्षेत्रहरु मध्ये सबैभन्दा धेरै मालपोत र भूमि सुधार कार्यालयहरु त्यस्तै विकासका कार्यहरु रहेका छन् ।

साथै सोही अवसरमा बोल्दै चितवनका जनप्रतिनिधिहरुले कर्मचारीका कारण भ्रष्टाचार बढेको आरोप लगाएका छन् । कालिका नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णकुमार श्रेष्ठले कर्मचारीका इशारामा जनप्रतिनिधि चल्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

गलत स्टिमेटमा हुने कामले सबै जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाएको उनको भनाइ छ । कालिका नगरपालिकाकै वडा नम्बर १० का वडाध्यक्ष डिलबहादुर गुरुङले स्वास्थ्य, शिक्षामा राज्यले निःशुल्क घोषणा नगरे भ्रष्टाचार झन् मौलाउने बताए ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले जिल्लाका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै अख्तियार कडा रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिए ।

जिल्लामा भ्रष्टाचार न्यूनीकरण हुन नसकेको स्वीकार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गरे । उनले जिल्लामा प्रत्येक महिना हुने कार्यालय प्रमुख र सूचना अधिकारीको बैठकमा कार्यालयमा अनैतिक गतिविधी नगर्न र जनताप्रति उत्तरदायी हुन निर्देशन दिँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com