ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै


admin
पुस ३०, २०७५ सोमबार  ३ : ४० बजे

काठमाडौं,३० पुस । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ ।

निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) हिजो आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो ।

“बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो, बोइङ भोलि नेपाल फर्किंदैछ”, सहायक प्रवक्ता कोइरालाले भन्नुभयो ।

निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ । जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ । वाइड बडी विमान खरीद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् ।

निगमका निर्देशक रवीन्द्र श्रेष्ठले बोइङ बिक्रीका लागि मूल्य निर्धारण भइसकेको र सैद्धान्तिक सहमतिका लागि मन्त्रालय पठाइएको जानकारी दिनुभयो । तर, वाइड बडीको विवादित विषयले अब उक्त काममा पनि व्यवधान खडा भएको उहाँको भनाइ छ ।

“दुई महिनादेखि बोइङ ममर्तका लागि मलेसियामा छ । बिक्रीका लागि आर्थिक मूल्याङ्कन भइसकेको छ । ‘भ्यालुएसन’ भइसक्यो, यो पनि ‘कन्डिशनल’ छ, सात करोड ६० लाख डलर मूल्य पुग्छ”, निर्देशक श्रेष्ठले भन्नुभयो ।

सानो वायुसेवा कम्पनीले वाइड बडी, बोइङजस्ता थरीथरीका जहाज राख्दा प्राविधिक तथा व्यवस्थापकीय जटिलता हुने र सबैको अलगअलग इञ्जिनीयर पाइलटको व्यवस्था गर्नुपर्ने भएकाले बोइङ बिक्री गर्न लागिएको निगमको भनाइ छ ।

बोइङको इञ्जिन ‘साइकल’ अझै बाँकी रहेका कारण मर्मत गरेर उडान गर्ने योजना निगमको छ । जहाज मर्मतका लागि करिब अढाइ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । निगमले बोइङ बिक्रीका लागि आर्थिक मूल्याङ्कन गर्न दुई महिनाअघि स्विट्जरल्याण्डको फिन्टेक कम्पनीलाई परामर्शदाता नियुक्त गरेको थियो ।

निगमले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा ‘कर्णाली’ खरिद गरेको थियो भने दोस्रो बोइङ ‘गण्डकी’ सन् १९८८ सेप्टेम्बर १ तारिखमा ल्याएको थियो । कलसाइन नाइनएन एसिए ७५७ बोइङ कर्णालीलाई निगमले बिबिएयरलाई एक वर्षअघि बिक्री गरिसकेको छ ।

हाल निगमका दुईवटा न्यारो बडी र दुईवटा वाइड बडी जहाजले भारतको नयाँ दिल्ली, बेङ्गलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैङ्कक र कतारमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

बुटवल पुगेर कुलमानले भनेः सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com