ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिन्चोकको काखमा हिउँसँग रमाइलो (फोटो फिचर)


admin
पुस ३०, २०७५ सोमबार  ३ : २६ बजे

 

काठमाडौं,३० पुस । नेपाल प्रकृतिले सिँगारेको सुन्दर मुलुक हो । यहाँ तराईका फाँट, हरियाली पहाड र हिउँले ढाकिएका सेताम्य हिमाल छन् । तिनै सुन्दर स्थानमध्ये दोलखाको कालिन्चोक पनि एक हो ।३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ ।उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँ खेल्न पनि पाइन्छ । दोलखा सदरमुकाबाट १७ किलोमिटर उत्तरतर्फ कालिन्चोक रहेको छ ।कालिन्चोक भगवतीको प्रसिद्ध मन्दिर रहेको यस स्थान धार्मिक आस्थाका साथै सुन्दर दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । त्यसैले यस क्षेत्रमा संघीय सरकारको राजधानी काठमाडौं, छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलान्चोकका साथै मुलुकका विभिन्न स्थानका अन्तरिकका र बाह्य पर्यटकहरु पुग्ने गर्दछन् ।

काठमाडौंको पुरानो बसपार्कबाट १ सय ३३ किलोमिटरको मोटर यात्राबाट पुगिने दोलखाको सदरमुकाम चरिकोटबाट उत्तरतर्फ रहेको कालिन्चोक काठमाडौंको धुलोधुवाँ र घुइँचोबाट केही समय टाढिने स्थानको रुपमा लिइन्छ ।

उच्च पहाडी क्षेत्रमा रहेको कालिन्चोकमा हिउँ याममा हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहनेहरुको आकर्षण गन्तव्य बनेको छ । यस समय यहाँका डाँडाकाँडाहरुलाई हिउँले ढाक्ने गर्दछ ।३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकमा हिउँ परेका बेला यहाँ पुगेका पर्यटकहरु हिउँमा लडिबुडी खेल्दै रमाउने गर्दछन् । चैत वैशाखमा भने वनभरी फुलेको लाली गुराँसको सुन्दर दृश्य देख्न पाइन्छ ।

यस्तो छ बाटो

चरिकोटबाट कालिन्चोक पुग्नअघि कुरी उपत्यका पुगिन्छ । यहाँबाट कालिन्चोक जान पैदल वा केबलकार रोज्नु पर्दछ । पैदलबाट एक घण्टामा पुगिन्छ भने केबलकारबाट करिब ५ मिनेटमै पुग्न सकिन्छ ।कालिञ्चोक गाउँपालिका–१ मा पर्ने कालिञ्चोकमा प्रसिद्ध कालिन्चोक भगवती मन्दिर छ । हिमालय पर्वत माइती भएकी पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई पतिको रुपमा पाउन महादेवले देख्ने गरी कालिञ्चोकको डाँडामा तपस्या गरेर बसेको भन्ने किंवदन्ती छ ।

कालिञ्चोक भगवतीलाई काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवतीलगायत सात भगवतीमध्ये एक मानिन्छ । त्यसैले यस मन्दिरको विशेष महत्व रहेको छ ।

यहाँ पूजा गर्न भक्तजनहरु दैनिक आउने गरेको मन्दिरका पूजारी सन्तबहादुर बर्तौलाले बताउँछन् । मन्दिरमा दर्शन गरी भाकल गरे मनले चिताएको पूरा हुने जनविश्वास छ ।

यस डाँडामा पानी मुहान रहेको विश्वास गरिन्छ । मन्दिरको पूजा गर्ने स्थानमा एउटा जलकुण्ड रहेको छ । जलकुण्डको दायाँ अर्थात् पूर्व दिशाबाट तामाको धारा भएर तामाकोशी र बायाँ अर्थात् पश्चिमबाट सुनको धारा भएर सुनकोशी नदीको सुरु भएको बताइन्छ ।

चिन्ता छैन बस्न

यस क्षेत्रमा जाने पर्यटकका लागि खान बस्न कुरी उपत्यकामा राम्रो होटलको व्यवस्था छ । यहाँ रहेका करिब ४१ वटा होटेलमा बस्नका साथै नेपाली खाना, लोकल कुखुराको मासु, ढिँडो, राँगा र चौंरीको सुकुटीका परिकार पाइन्छ ।  कालिनञ्चोकमा जनै पूर्णिमा, दशैं, चैते दशैंजस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने कुरी होटल ब्यवासयी संघकी अध्यक्ष सीता तामाङले बताइन् ।

कालिञ्चोकको डाँडाबाट सबैभन्दा नजिकमा गौरीशंकर हिमाल देख्न सकिन्छ । यसका साथै पूर्वमा तामाकोशी र पश्चिममा सुनकोशीको नागबेली दृश्य मनमोहक छ ।

यति मात्र होइन, डाँडाबाट देखिने कुरी भ्याली र डाँडाकाँडाका सुन्दर दृश्यले सबैको मन आकर्षित गर्दछ । त्यसैले धार्मिक र प्राकृतिक महत्वको यस क्षेत्रमा प्रचारप्रसार र प्रवर्द्धन गरे अझै धेरै पर्यटक आकर्षण गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

बुटवल पुगेर कुलमानले भनेः सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com