ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनियरिङ कलेजमा करोडौंको भ्रष्टाचार, तत्काल छानवीन गर्न सरकारलाई निर्देशन


admin

काठमाडौं, २९ पुस । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सदस्य योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले कलेजमा व्यापक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बैठकमा पेश गरेको थियो ।

सोही प्रतिवेदनलाई अनुमोदन गर्दै कलेजमा भएको अनियमितताबारे छानवीन गर्न तत्काल मन्त्रालयका सहसचिवको नेतृत्वमा छानवीन समिति गठन गरी कामकार्वाही अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति जयपुर घर्तीमगरले जानकारी दिनुभयो ।

छानवीन समितिमा स्थानीय जिल्ला प्रशासन कार्यालयका एक जना प्रतिनिधिलाई अनिवार्य समावेश गर्न पनि सरकारलाई निर्देश गरिएको छ । उपसमितिले तयार पारेको प्रतिवेदनमा सो कलेजमा करोडौंको भ्रष्टाचार देखिएको उल्लेख गरिएको छ ।

कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले करोडौं आफूखुसी खर्च गर्न पाउने गरी निर्णय गरिएको उल्लेख गर्दै उपसमितिमा संयोजक भट्टराईले त्यसको छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिनै गठन गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्नु परेको स्पष्ट पार्नुभयो ।

नेपाल इन्जिनियरिङ कलेज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा २०६० साल भदौं ४ गते सामाजिक संस्थाको रुपमा दर्ता गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको १ सय ७४ रोपनी सार्वजनिक जग्गामा सो कलेजको संरचना निर्माण गरिएको छ । तर तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज प्रशासनलाई थाहानै नदिई निजी कम्पनीको रुपमा दर्ता गरेपछि विवाद सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com