ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीमा एक एक स्थानमा काँग्रेस र एमाले विजयी


admin
असार १७, २०७४ शनिबार  १० : १८ बजे

नवलपरासी, १७ असार । नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा (एमाले) विजयी भएका छन् ।

प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएको हुन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी हुनुभएको हो । शर्माको चार हजार चार सय ३६ र चौधरीको तीन हजार सात सय २७ मत छन् ।
उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार चार सय ५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । चौधरीको चार हजार चार सय ८६ र थारुको तीन हजार ८१ मत छन् ।

नौ वटा वडा रहेको गाउँपालिकामा एक स्वतन्त्रसहित चार काँग्रेस, दुई फोरम र एक एक वडाअध्यक्ष माओवादी र एमालेले जितेका छन् । स्वतन्त्रबाट वडाअध्यक्षमा जित्नेमा कादिर अलि हुनुहुन्छ ।

यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई पाँच सय ५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी हुनुभएको छ । पाण्डेयको तीन हजार पाँच सय ११ र शेखको दुई हजार नौ सय ५२ मत छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई सात सय २९ मतले पराजित गर्नुभएको छ । थरुनीको तीन हजार पाँच सय ६५ छ भने ढुङ्गानाको दुई हजार आठ सय ३६ मत छन् । पाँच वटा वडा रहेको गाउँपालिकामा १ र ५ नं वडाका अध्यक्षमा काँग्रेसले जितेको छ । एमालेले २ र ४ तथा राप्रपाले ३ नंमा वडाअध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

रास्वपा रणनीति : काठमाडौंका दुई क्षेत्र र चितवन मात्र ग्रिन जोन, अन्यत्र सबैतिर त्रास, अब के गर्ने ?‘

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

प्रचण्ड-माधवको नयाँ अपील: बहुमत सुनिश्चित हुँदैछ, घात गर्नेहरूलाई तत्काल कारबाही!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com