ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेको बहस हेर्दा महिला मान्छे हुन या साधन ?


एबीसी न्यूज
पुस २८, २०७५ शनिबार  १० : २३ बजे
शारदा शर्मा
शारदा शर्मा

अनेक कुराहरुमा बहसहुँदै जाँदा कतिले आमालाई,कतिले छोरी चेलीलाई,कतिले श्रीमती,भाउजुहरुलाई ,कतिले आँफुजस्तै अर्की महिलालाई त कतिले आँफुलानै साधनको रुपमा प्रस्तुत गरेको देख्दा निकै दुख लाग्यो। यति धेरै बहसहरुको केन्द्रबिन्दु बनेको स्वतन्त्रता र खुसी आखिर कसरी प्राप्त हुन्छ र यसका आधारहरु के हुन म अलमलमा परे ।

ऐना अगाडी उभिएर आँफुलाई तलदेखी माथिसम्म हेर्दा अंह कुनै कारण पनि आँफुलाई मूल्य लगाउने वस्तुको रुपमा मान्नै सकिन । बरु अलि बढीनै घमण्ड चढ्यो । बच्चा जन्माउन सक्ने क्षमता राख्छु । उसलाई दुधचुसाएर बढाउन सक्ने सक्षम मान्छे हुँ म । घर, अफिस छोराछोरी सबैलाई ब्यालेन्समा राखेर अगाडि बढ्नसक्ने यतिधेरै पावर भएका हामी कसरी साधन हुनसक्छौ ? आँफु विनाको घर सम्झे । श्रीमानलाई पनि कम आँक्नै सकिन । प्राकृतिक रुपमै बराबर जिम्मेवारी छ, हामीमा अनि को बलियो र कम्जोर को त कुरै आउँदैन । फेरि बिभेद कहाँनेर बाट शुरु भयो त ? रामायण पुरै पढिसकेर र हेरिसकेर सिताको अग्नि परिक्षा गलत रहेछ त्यो अग्नि परिक्षानै थिएन भनेर सम्झिँरहँदा आँफुलाई सिता र श्रीमानलाई राम नै जस्तो देखे । आखिर कुरा सोच र बिचारको न हो ।

बिभेद सोचमा देखेँ, बिभेद बिचारहरुमा देखे । स्वतन्त्रताको लागि ग्लामर खोजिरहेको दुनियामा एकैछिन आफुलाई पछेउराले मात्र ढाकेर आँफुभित्रै ग्लामर पनि खोजेँ । सायद मलाई देखेर अनि मेरो ग्लामर देखेर जिस्काइरहेको ऐनाले मेरो सोचको मापन गर्न सक्ने कुरा पनि त थिएन । अनेक कुराहरुले मन दुखिरहँदा न मेरो श्रीमान संग बच्चालाई चुसाउने दुध थियो, न बच्चा पेटमा राख्ने पाठेघर । जति स्वतन्त्रता र अधिकार दिन खोजे पनि उनले मलाई ति कुराहरुमा कसरी स्वतन्त्र राख्न सक्लान र खै ? कतै बाट पनि कुरा मिलेन । सोच, बिचार मुल्य मान्यता र प्रवृत्ति गत विभेदलाई जब लैङ्गिक विभेद देख्न थालियो समस्या त त्यहाँबाट शुरु भएको पो रैछ । मेरो सानो सोच भनौ या सही बिश्लेषण गर्न नसक्ने शक्ति । दुख लाग्यो । आँफुपनि महिला भएको कारण समाजमा बहस हुँदै गरेका धेरै कुराहरु मिथक लागे । र पनि यहाँ म मात्र मान्छे छैन । अनेक सोच बिचार र मान्यता बोकेकाहरु आ–आफ्नो बुझाई अनुसार बहसमा छन् ।

मान्छेको हैसियत उसको लवाई खुवाइमा हैन उसका शब्द शब्दमा छरिएर छरपष्ट बनिरहेको समयमा आफ्नै घर भित्र आफ्नै परिवार र छोराछोरीको अगाडि बाबु आमाको अगाडी श्रीमान श्रीमतीको अगाडी कसरी उभिदाहुँन मान्छेहरु । एकैछिन त लाज पनि लाग्यो । नियम, मान्यता अनुशासन, लाज र अनुशरण छ र त मान्छे छ । हैन भने त मान्छे र पशुमा फरकनै के त ? चर्चामा आउन हो या आफ्ना कुण्ठाहरु जाहेर गर्न चाहिरहेका छन आजका स्वतन्त्र मान्छेहरु ?

हरेक कुरालाई हेर्ने बुझ्ने र त्यसको ब्याख्या गर्ने नजर पनि फरक फरक छ । तर जतिधेरै फरक भएपनि सार त यौटै हुनु पर्ने हैनर ? समाजमा आज भैरहेका बहसहरु महिला र पुरुष अनि उनिहरु मिलेर बनाएको यूनिटीमा केन्द्रित भैरहेको समय त्यहाँ भित्र न्युनत्तम मुल्य मान्यताहरु अनि नियम र अनुशासन लागु हुनु पर्नेकी नपर्ने ? सायद दुनियाँ बुझ्ने सामार्थ्य नभएर नै होला मलाई स्वतन्त्रता र खुसीका आजका बहसहरु पटक्कै मन परेनन् । नैतिक धरातल बिर्सिएर खोजिने स्वतन्त्रता अनि आत्म नियन्त्र गर्न नसकेर बनेका क्षाणिक खुसीहरु कति दिगो रहन सक्छन ? के यस्तै कारणले त बिघटनमा छैनन् संस्थाहरु ।

न्युनत्तम नियम र अनुशासन बिना कुन संस्थाहरु टिक्न सकेका छन ? जब मानिसले आँफुलाइनै नियन्त्रण गर्न नसकेर अगाडी बढ्दै जान्छ भने मान्छे र जनावरमा फरक के ? अचम्म लाग्यो आँफैलाई जन्माएकी आमाको आडैमा बसेर महिलाहरुलाई साधन सम्झिने प्रवृत्ति देखेर । श्रीमतीको आडैमा बसेर अनेक श्रीमती जोड्न सक्थें भन्दै अरुलाई देखाउनकै लागि गरिएको ठट्टा देखेर ।

असाध्यै दुख पनि लाग्यो एक्काईसौं शताब्दिमा आउँदा समेत भैरहेको यो उपहास देखेर । के यो सब जायज छ ? महिलाहरु मान्छे हौं या साधन ? हामीलाई आडैमा राखेर हाम्रै भाइछोराले थोक र होलसेल चलाउने कुरा सजिलै गर्न सक्ने ? जब सम्वन्धित पक्षमा नै आँफुप्रति बिस्वास छैन भने अरुले त्यो पक्षलाई बिस्वास गर्दिनु पर्छ भन्ने पनि त कहाँछर ? आफ्नै सवालमा उठेका बहसहरुलाई समेत हामी स्वार्थ अनुकुल ब्याख्या गर्दछौ भने हामीले कस्तो अधिकारको कल्पना गर्दैछौं ? यहाँ दास्रो बिहे गरेकी महिलाको आफ्नै ब्याख्या , रिलेसनमा रहेकी महिलाको आफ्नै ब्याख्या, दुख पाएकी महिलाको आफ्नै ब्यख्या , अरुको श्रीमान संग सम्वन्धमा रहेकीको आफ्नै ब्याख्या , बिज्ञापनमा खेल्नेको आफ्नै , घरवाली, बाहरवाली सबैका आ–आफ्ना ब्यख्या । स्वतन्त्रता र खुसीको ब्यख्यामा हामीले जव ब्यक्ति अनुसारका ब्यख्या गर्छौ भने जहाँ छौ त्यही खुसी बनौन त ।

हैन भनेत मुख्य एजेण्डामा आउनु पर्योनी । सही के र गलत के हो भन्नेमा । नियम र अनुशासनले पक्कै पनि लैङ्गिक बिभेद गरेका छैनन् । विभेद त हाम्रो सोचमा रैछ । हाम्रो मान्यतामा रैछ । के बिहे गरेर बस्ने सबै दुखी छन ? के लिभिङ टुगेदर भन्नेहरु सबै खुसी छन् ? सामन्य नियम र अनुशासन बिना जीवन अगाडी बढाउछौ भनेर स्वतन्त्रताको सिंढी चढिरहेका धेरै मानिसहरुले डिप्रेशनको औषधी खानुपरेको वर्तमानमा बिना सहमति बिवाहमा घचेटिएका हरु पनि यसबाट मुक्त छैनन् ।

यहाँ खुट्टा भएपछि जुत्ता कति कति भनेर आँफैलाई जुत्ता सम्झिने बिद्वान महिलाहरुको पनि कमि छैन । खुसी र स्वतन्त्रतालाई नबुझेकै कारण महिलाहरुले आँफुलाई मान्छे हैन वस्तुको रुपमा सम्झिदै गर्दा पक्कैपनि महिलाहरु आधुनिक मेशिन र सुन्दर चिज बनिरहेका छौ । मान्छेको उत्पत्ति, समाजको बिकास अनि न्युनत्तम अनुशासन र अनुसरणलाई नबुझ्ने महिला होस या पुरुष ती दुबै खुसी र स्वतन्त्र छैनन्। चेतना, भाव र मुल्यहरुको कारण मान्छे अरु प्राणी भन्दा फरक हो ।

जहाँ भावनै छैन चेतनानै छैन त्यहाँ मान्छेत पशुनैत हो ।मान्छेले आफुलाई पशु बनाउने या चेतनशिल मान्छे आफ्नो कुरा हो । स्वतन्त्रता र खुसीलाई कसरी बुझ्ने ? त्यो पनि मान्छेको आफ्नो कुरा हो।के जे पनि गर्ने जहाँपनि जानसक्ने मनलागेको गर्नु स्वतन्त्रता हो? के अनियन्त्रित मनले चाहेका कुरा एकैछिन प्राप्त गर्नु खुसी हो ? न्युनत्तम मुल्यमान्यता र अनुशासनमा रहेर प्राप्त गरिने खुसी खुसी हुन्छ भन्ने मान्यता बोक्ने मेरोलागी समाजमा चलिरहेका बहसहरु मिथक लाग्नु स्वभाभिक ठानेँ ।

पश्चिमा समाजमा समेत स्वतन्त्रता, खुसी र परिवारको बिषयमा भैरहेका बहसहरु अनि बर्तमानका नाटकिए सम्वन्ध र स्वतनत्रताको लागि हिडेका हौ भन्ने डिप्रेशहरुको अगाडी आफैलाइ धेरै फ्रेस देखेँ । खुसी आफुले महसुस गर्न सक्ने भाव हो । अनि स्वतन्त्रता अनुशासन र नियममा रहेर आफुले गर्ने काम हो भनेर सोच्ने मेरोलागी अनौठा पनि लागे यि बहसहरु । आफ्नै बिच चलिरहेका मनोगत लँडाइहरुमा बस्तुजस्तै बनाइएर पेस गरिएका आँफुजस्तै महिलाहरुप्रति दुख पनि लाग्यो ।

सोचेँ हैन यो रमाइलोको लागि गरिएको नाटक थियो या बस्तुनै सम्झेर गरिएको चर्चाको ब्यापार ? गलत कुराहरुलाई हटाउदै राम्रा र सही कुराहरुको अनुसरण गर्नु सबैको लागि महत्वपुण पक्ष पनि हो ।

मुख्य कुरात हामी महिलाहरुले आँफुले आँफुलाई साधन र बस्तु नसम्झिउ । जसको मजाक र मुल्य गर्न हाम्रा भाइ छोराहरुले नपाउन । मजाकको पात्र नबनौ । आजको बहस हेदा त हामी मान्छे नभएर साधन हौ । साधन जतिपनि खरिद गर्न सकिन्छ अनि साधनको मुल्य निर्धारण सजिलै हुन्छ । स्वतन्त्रता र खुसी भन्दै बिना गन्तब्यकाो यात्रा शुरुनै नगरौं ।

खुसी अनुसशासनमै रहेर खोजौ । न सुन्दरता गुम्ने डरले बच्चालाई दुध नचुसाउने महिला खुसी र स्वतन्त्र भएकी छ न धेरैसंग रिलेसनमा छु भन्ने पुरुषनै । न बिहे नगरी चलेको लिभिङ टुगेदरका यात्री खुसी रहन सकेको अवस्था छ, न जो संग जे गर्न पनि सक्छु भन्ने सोच बोकेको मान्छे । खुसी त हाम्रो सोचमा छ । हाम्रो भाव मा छ । हामीले महसुस गर्ने आभाषमा छ । कसरी भन्ने पनि स्यंमको कुरा हो । जस्ले आँफैलाई सम्मान गर्न सक्दैन , आफ्नाहरुलाई सम्मान गर्न सक्दैन उ खुसी र स्वतन्त्र रहनै सक्दैन । बिरोध प्रवृत्तिको गरौ बिरोध गलत कुराको गरौ । बहस समस्याहरुको बिषयमा चलाउँ , बहस प्रवृतिहरुको बिषयमा चलाउँ ।

बहस इथिक्समा रहेर चलाउँ अनुशासनमै रहेर चलाउँ । आँफैले लेखेका शब्दहरुले, आँफैले चलाएका बहसहरुले आँफु सामेल भएर गरिएका कुराहरुले एकदिन आँफैलाई सिकन्जा कस्ने दिन आयो भने हामी कसरी स्वतन्त्र मान्छे बन्न सकौंला र ? आवेगमा आएर संयोजन गरिएका आफ्नै शब्दहरुले आफैलाई लाज हुनेगरी संजाल तताएर आखिर पाउने हामीले केनै होर ? कम्तिमा पनि हामीले चलाएका बहसहरुले अरुले थोरै केही सिक्न सकुन । आफ्नै आमाको अपमान गरेर आफ्नै श्रीमतीको मजाक उडाएर, आफ्नै श्रीमान र भाइछोराहरुको बिस्कुन लगाएर, आँफैलाई ठट्टाको पात्र बनाएर, आँफुजस्तै मान्छेलाई गिराएर, चलाएको बहस परिवर्तनको बहस हो या चर्चामा आउन पोखिएको कुण्ठा ? केही थाहै पाउन सकिन खै ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com