ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुन:निर्माणको जिम्मा स्थानीय तहलाई हस्तान्तरण


admin

दमौली, २६ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले २०७२ सालको भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

आज आयोजित कार्यक्रममा जिल्लाका दश स्थानीय तहका प्रमुख-प्रमुख प्रशासकीय अधिकृत र पुनःनिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्राधिकरण एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहिताले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार प्राधिकरणले नगरपालिका-गाउँपालिकामा इञ्जिनीयर, सवइञ्जिनीयर, असिष्टेन्ट सव इञिजनीयर र डकर्मी आवश्यकताअनुसार खटाउनेछ ।

प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहको हुनेछ ।

नगरपालिका-गाउँपालिकाले नगरपालिका÷गाउँपालिकाभित्र आवश्यकताअनुसार सम्बन्धित वडामा उल्लेखित जनशक्तिलाई खटनपटन गर्नेछ ।

विशेष परिस्थिति परेको अवस्थाबाहेक अन्य अवस्थामा उल्लेखित जनशक्तिलाई नगरपालिका-गाउँपालिकाभन्दा अन्यत्र सरुवा गर्दा नगरपालिका-गाउँपालिकाको सहमति लिइने छ ।

सम्बन्धित वडाका वडाध्यक्षको सिफारिशमा नगरपालिका-गाउँपालिकाका प्रमुख÷अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेको आधारमा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइले सम्बन्धित कर्मचारीको तलबभत्ता उपलब्ध गराउने सहमति भएको छ ।

प्राधिकरणले कर्मचारी व्यवस्थापन गरेपश्चात् स्थानीय तहमा रहेका सिनियर इञ्जिनीयरबाट प्रमाणीकरण गरेपछि स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले प्रमाणित गरेर निचोड तयार पारिने र प्रमाणित भएर आएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत् भुक्तानी दिने व्यवस्था मिलाइनेछ ।

नगरपालिका-गाउँपालिकामा प्राधिकरणबाट खटिएका जनशक्तिलाई आवश्यक कार्यस्थल र फर्निचर सम्बन्धित स्थानीय तहले व्यवस्था गर्नुपर्ने र प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्तसहित एकमुष्ठ सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनेछ ।

सहमतिपत्रमा स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजना गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका-गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।

सहमतिपत्रमा नगरपालिका-गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनःनिर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने, नगरपालिका-गाउँपालिकामा खटिएका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेको भेटिएमा नगरपालिका-गाउँपालिकाले कारवाहीका लागि प्राधिकरणको एकाइलाई सिफारिश गर्ने, निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज प्राधिकरणबाट क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।

सांसद केदार सिग्देल, प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्मा, प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख गणेशराज वस्तीलगायतको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा सांसद सिग्देलले पुनःनिर्माणको काम तीव्र गतिमा हुनुपर्ने र सबै जनप्रतिनिधिबीच यसमा एकता हुनुपर्नेमा जोड दिनुभयो । तनहुँ जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएका छन् जसमध्ये ९६ प्रतिशतले पहिलो, ४० प्रतिशतले दोस्रो र १० प्रतिशतले तेस्रो किस्ताबापतको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहिताले जानकारी दिनुभयो । उहाँका अनुसार १३ हजार २६८ ले पहिलो, पाँच हजार १९६ ले दोस्रो र एक हजार ३१२ ले तेस्रो किस्ताबापतको रकम बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com