ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको व्यापार वार्ता सकारात्मक भयो : अमेरिकी प्रतिनिधि


admin

एजेन्सी,२५ पुस । संयुक्तराज्य अमेरिका र चिनीया अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाब अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी तीन महिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो ।

व्यापार वार्ता शुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ । बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले संवाददाताहरुलाई अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जानकारी दिनुभयो । उहाँले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताउनुभयो ।

“मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,” म्याककीनीले भन्नुभयो । राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताउनुभएको थियो ।

अमेरिकी उप–व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मङ्गलबार नै समाप्त हुनेगरी तय भएको थियो ।

वासिङटनले अमेरिकी प्रविधिको जबर्जस्ती चीनमा स्थानान्तरणका साथै चिनीया कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाइआएको छ ।

व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनीया बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब छ ।

वार्ताका बारेमा चिनीया वा अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, व्यापार युद्धबाट अमेरिकीभन्दा चिनीया अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ ।

“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुराहरु सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि विश्वास व्यक्त गर्नुभयो । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन, तर मैले मेरा धारणाहरु अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com