
काठमाडौं,२५ पुस । सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेकी हुन ।
बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारी अभियान संचालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरुलाई आह्वान गरेकी छन ।
मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिवी निवारणको आधारको रुपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको पनि बताएकी छन ।
नेपालमा करिव ३४ हजार ५ सय सहकारी संस्थाहरु रहेका छन । ती संस्थाहरुसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री अर्यालको योजना छ ।



















प्रतिक्रिया दिनुहोस्