
काठमाडौं,२३पुस।संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्को टाले नेपालको कला मुलुकलाई धनी बनाउने आधार भएको उल्लेख गर्दै त्यस अभियानमा जुटन कलाकारहरुलाई आह्वान गर्नु भएको हो ।
नेपाल कमर्सियल आर्टिष्ट संघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
मन्त्री बास्कोटाले कला क्षेत्रप्रति नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । कार्यक्रममा हेम–गंगा महिला कला प्रतिभा पुरस्कार मोरङकी सरोजा खड्गीलाई प्रदान गरिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्