ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलन फिर्ता लिन उपप्रधानमन्त्री यादवको आग्रह


admin
पुस २२, २०७५ आईतबार  ८ : ३७ बजे

काठमाडौं,२२ पुस । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमाथि पारेका समस्यालाई सम्बोधन गर्ने बताउनुभएको छ ।

सरकारी चिकित्सक सङ्घ (गोदान)का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले समायोजनका समस्या समाधान खोज्न मन्त्रालयले प्राथमिकता दिएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री यादवले सबै जनताको पहुँचमा संविधानप्रदत्त स्वास्थ्य सेवा पु¥याउन नयाँ स्वास्थ्य नीति बनाउन लागेको जानकारी दिनुभयो ।

आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले गोदानले आज नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको थियो । कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति, सरकारी चिकित्सकलाई समयानुकूल तलबभत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चिततालगायतका माग राखेको छ ।

प्रदेश÷स्थानीय निकायमा समायोजन हुने चिकित्सकको सेवा सुविधा, सुरक्षा, सरुवा, बढुवालगायत वृत्तिविकास सुनिश्चित भएरमात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउँदै समायोजन हुँदा एक तहस्तर वृद्धि गर्नुपर्ने, प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान राख्न माग गरिएको छ ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री डा सुरेशकुमार यादवले सरकारी अस्पतालका चिकित्सकीय क्षमता अभिवृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गर्ने नीति मन्त्रालयले लिएको जानकारी दिनुभएको छ ।

कान्तिबाल अस्पतालको ५७औँवार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले उपकरण, जनशक्ति तथा औषधिको अभाव हुन नदिने र अस्पतालका लागि रु पाँच करोड विनियोजन गरिने बताउनुभयो । अस्पतालका निर्देशक डा गणेशकुमार राईले बालस्वास्थ्यका सबै विशिष्टिकृत सेवा अस्पतालले प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको वाचापत्र: मुख्य ९ प्रतिबद्धता

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com