
काठमाडौं,२१ पुस । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले ग्रामीण क्षेत्रका नागरिक अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट बन्चित रहेको बताएका छन ।
शनिबार काठमाडौंमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिकोत्सवको उद्घघाटन गर्दै पूर्वराष्ट्रपति यादवले ग्रामीण क्षेत्रमा नागरिक आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवावाट बन्चित रहेको बताएका हुन ।
उनले स्वास्थ्य सेवा नागरिकका आधारभूत आवश्यकता भएकाले यसलाई सुलभ बनाउन सरकारकारो ध्यानाकर्षण गराएका छन । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दिवंगत जनप्रिय नेताहरुको नाममा खुलेका अस्पतालले उपचार पनि उत्तिकै विश्वसनीय गर्नुपर्ने धारणा राखे ।
कांग्रेसका उपसभापति विमलेन्द्र निधीले अस्पताल खोल्नमा प्रतिस्पर्धा गर्ने भन्दा गुणस्तरीय सेवा दिनमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरुले संविधानले नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउने हक उल्लेख गरिए पनि कार्यान्वयनमा नआएको गुनासो गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्