ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा कार्यदलले प्रतिवेदन नबुझाउँदा एकता धकेलिदै


admin

काठमाडौं,२१ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्मको एकताको बाँकी काम पुस महिनाभित्र नसकिने भएको छ ।

पार्टी एकताको कार्यविधि बनाउने अख्तियारी सहित गठन भएको कार्यदलले प्रतिवेदन बुझाउन ढिलाई गर्दा नेकपाको एकताको बाँकी काम पछि धकेलिएको हो ।

पुस र माघ भित्र एकताको सबै काम सकेर फागुन र चैतमा देशव्यापी अभियान सञ्चालन गर्ने तयारी भए पनि पुरा नहुने भएको हो । गत मंसिर २९ गतेबाट झन्डै दुई साता बसेको स्थायी समिति बैठकले यही पस मसान्तभित्र पार्टी एकताको काम सक्ने गरी खाका बनाउन ९ सदस्यीय कार्यदल बनाएको थियो ।

नेकपाले कार्यदललाई तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउने विधी, प्रक्रिया र मापदण्ड तय गर्ने कार्यदेश दिएको छ । सोही कार्यदेश बमोजिम कार्यदलले काम गरिरहेको र अबको केही दिनमा प्रतिवेदन सचिवालयलाई बुझाउने कार्यदलको तयारी छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते पार्टी एकता भएपनि तल्लो तहसम्म एकताको काम सकिएको छैन । पार्टी एकतापछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति मात्र गठन भएको छ । पोलिटव्युरो र केन्द्रिय विभागहरु गठन भएको छैन भने नेताहरुलाई जिम्मेवारी समेत दिइएको छैन् ।

यस्तै दुवै पार्टीका जनवर्गिाय संगठन समेत एक भएका छैनन । नेकपालाई तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउन समस्या भएको हो । पार्टी एकता भएको ८ महिना हुन लाग्दा समेत जिम्मेवारी बाँडफाँड र तल्लो तहको एकता नटुङ्गिंदा नेकपाभित्र नेतृत्वको तिव्र आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com