
काठमाडौं,२१ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको महाप्रबन्धकमा तीन जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रालयले टेलिकममा बुद्धिप्रसाद आचार्य, संगीता पहाडी अर्याल र डिल्लीराम अधिकारीको नाम सिफारीस गरेको हो । मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको बताइएको छ ।
समितिले सिफारिस गरेको तीन जना मध्यबाट एक जनालाई मन्त्रिपरिषदले टेलिकमको महाप्रबन्धक नियुक्त गर्ने बताइएको छ ।
साउन २९ गते मन्त्रिपरिषदको निर्णयले कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेपछि टेलिकम महाप्रबन्धकविहीन भएको थियो



















प्रतिक्रिया दिनुहोस्