ओखलढुंगा, १७ असार । जिल्लाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । नेकपा एमालेको गढका रुपमा परिचित यो गाउँपालिकामा शर्माले तीन मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।
शर्माले १९०६ मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर थापाले १९०३ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी सुष्मा राई विजयी भएकी छन् । राईले २०७३ मत ल्याएकी छन् । कांग्रेसकी खिला आलेले १९७९ मत ल्याइन् ।
प्रतिक्रिया दिनुहोस्