
कालिकोट,२० पुस । अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले कालिकोट पलाता खाडागाउँ पुगेर आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन् ।
उनले अग्नीपीडित परिवार तथा विद्यार्थीहरुलाई राहत तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
उपाध्यक्ष दिपेश पुन सहित एब्सुलुट ईन्टरनेशनल प्रालिका अध्यक्ष नवीन थापा,विद्यार्थी नेताहरु देविचन्द्र उपाध्याय,तिलक उपाध्याय उपमेयर दर्शना नेपाली सहितको टोली पीडितलाई अत्यावश्यक सरसामान लिएर कालिकोट पुगेका हुन ।
घटना स्थल जाने क्रममा पुनको खुट्टामा चोट लागेर समस्या आएपछि आगलागी स्थल सम्म पुग्न गाह्रो भएपछि उनले गाउँपालिकाको कार्यालय सम्म पुगेर राहत सामग्री आगलागी पीडितहरुलाई वितरण गर्ने गरी पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई एकमुष्ट हस्तान्तरण गरेको उनले बताए ।
गत पुस ९ गते मध्यरातमा भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेर ध्वस्त भएको थियो । आगलागीबाट करिब ५ सय भन्दा बढी पिडित बन्न पुगेका थिए ।



















प्रतिक्रिया दिनुहोस्