
काठमाडौं,१९ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलत्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरु उच्च व्यवसायिककता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा आईतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।
अबैध हातहतियार,महिला हिँसा,भ्रष्टाचार,गुण्डागर्दी,चोरी,डकैती लगायतका अपराधमा प्रहरी कडा रुपमा प्रस्तुत हुनुपर्ने उनले बताए । महानिरीक्षक खनालले अपराध गर्ने सानो ठूलो नहुने भएकोले अपराधी जो सुकै भएपनि कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए । कार्यालयमा आउने सेवाग्रहीलाई पिडिमैत्री व्यवहार प्रदर्शन गर्नु पर्नेमा उनले जोड दिएका छन ।
कार्यालय व्यवस्थापन,जिन्सी सामान लगायत कार्यालय साधनस्रोत दुरुस्त हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरिक्षक खनालले आकस्मिक अवस्था परेको बेला तत्काल फिल्डमा खटिन सधैँ तयारी अवस्थामा रहनुपर्ने समेत बताएका छन ।
संगठनको नीति बिपरित काम गरेमा जो सुकै पनि कारबाहीको भगिदार हुने उनको भनाइ छ । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका अभियुक्तका आफन्तहरु संग तथा पीडित परिवारसंग भेटघाट समेत गरेका थिए ।

यस अघि महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा महानिरीक्षक खनालले महिला हिंसा हत्या,बलत्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र यस कार्यलाई थप सक्रियताका साथ नयाँ ढंगबाट निरन्तरता दिईने उल्लेख गरेका छन ।
कञ्चनपुर जिल्लालाई साधनस्रोत तथा भौतिक पुर्वाधार निर्माणमा प्रातमिकताका साथ हेरिएको बताउदै खनालले यसले प्रहरी कार्यमा थप सक्रियता अपनाउनुपर्ने उल्लेख गरेका छन ।
कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी,नागरिक समाज,महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्