ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ बर्ष आफुलाई बदल्न सक्नेहरूको बर्ष


एबीसी न्यूज
पुस १७, २०७५ मंगलबार  ४ : ५६ बजे
शारदा शर्मा
शारदा शर्मा

गएको बर्ष जे भयो भयो नयाँ बर्ष आफुलाई बदल्न सक्नेहरूको बर्ष बनोस । मनमा अनेक कुराहरू खेल्न थाले । गएका दिनहरूलाई सम्झेर पछुतो मान्ने भन्दा पनि गएका परिवेशहरूबाट पाठ सिक्दै आफुलाई बदल्न सक्दा पक्कै पनि केही नयाँ अवश्य हुन सक्छ ।

हरेक मानिसका आ–आफ्नै जीवन संघर्षका कथा हुन्छन । कथा बन्न लामो समय लागेपनि त्यसका अंश अंशहरू भने फरक–फरक तरिकाले जोडिँदै जान्छन । आखिर मान्छे जन्मदेखि मृत्युसम्मको यात्राभित्र रहेर नै अनेक काम गरिरहेका हुन्छन । फरक यतिमात्र हो सोच र बुझाइमा भिन्नता । अनि गराइ र भोगाइमा भिन्नता । न यहाँ पैसाको विस्तरामा सुत्नेहरूलाई नै शान्ति छ । न नाङ्गो आकाशमुनी शितलहरमा सुत्नेलाई । दुवै वर्गका समस्या र दुःख आ–आफ्नै छन् । कसैलाई ओत लाग्ने छतको खाँचो छ, कसैलाई पैसा कसरी सुरक्षा गर्ने सन्ताप । कसैलाई खाने जोहो गर्ने पीडा कसैलाई कसरी हप्ता हुठाउने हुटहुटी ।

समाज सेवाको नाममा राजनीतिलाई पेशा बनाउनेहरूका पनि दुख आफ्नै छन, मेहनेत गरेर आफ्नै हातका धर्सा गन्नेहरूका बाध्यता पनि । देश बनाउछौँ भनेर चक्रव्युहमा कमिसनको गोलचक्कर लगाउनेहरूका पीडा आफ्नै छन् । महँगी बढेर तरकारी किन्न नसक्नेहरूका बाध्यता आफ्नै ठाउमा छन् । जे होस दिन बितिरहेका छन । अनेक पीडा र बाध्यता भित्रबाट पनि समयले सबैलाई एक रफ्तारमा वर्ग विभाजननै नगरी अगाडी बढाई रहेको छ ।

यहाँ कोही बुलेट ट्रेनमा होलान, कोही बुलेट प्रुफ गाडीमा । कोही सुविधासम्पन्न कारमा होलान, कोही रिक्सा र साइकलमा भने कोही पैदल । जो जसरी यात्रा गरे पनि आखिर यात्रा मृत्यु सम्मको नै हो । समयले साँच्चै कसैलाई विभेद गरेकै छैन । विभेद छ त मान्छे मान्छेमा छ । मान्छेका सोच, हेराई र बुझाइमा छ । अनि गराइमा छ । जीवनलाई सहज र सरल रुपमा बुझ्नेहरू आफ्नै कर्ममा खुसी पनि छन् । लोभ लालच आरिष र अपराधमा संलग्नहरू सम्पन्न भएर पनि दुःखी छन् ।

आखिर सम्पन्न केलाइ भन्ने ? कस्तोलाई भन्ने ? पैसा हुने सम्पन्न हो या पैसा नहुने पनि सम्पन्न हुन सक्छ ? यो बर्ष मेरै मनमा पनि अनेक तरङ्गहरू मच्चिए । पद पैसाले आँखा चिम्लिँदा सम्वन्धहरू चकनाचुर बनाएका मानिसक विपन्नहरू पनि भेटिए, साना पद र थोरै पैसा भएर पनि बलिया सम्बन्ध भएका सम्पन्नहरू पनि भेटिए । आखिर यात्रा न हो जिन्दगी । यात्रामा अनेक स्वभाव र स्वार्थहरू पक्कै हुन्छन । फरक यति मात्र हो कति र केमा खुसी हुने अनि यो यात्रालाई कसरी लिने । खुसी केहो भनेर बुझने, अनि मानिसका स्वभाव र स्वार्थ बुझेर संगत गर्ने या नगर्ने फैसला गर्ने । यहि फैसला र यात्रामा कति छोडिदै गए कति जोडिँदै आए । कति सम्बन्धहरू पातला बन्दै गए कति बाक्ला र घनिभुत । कहिलेकाहीं एक्लै बसेर बिचार गर्दा पनि आँफुले आँफुलाइनै अन्याय र छल गर्नु नपरोस । आफैले आफैलाई ढाँटन नपरोस । चाहे जो सुकैले पनि ।

जेहोस समय आफ्नै गति र रफ्तारमा छ । गएको वर्ष आशा र पीडाले बराबर स्थान लियो । मान्छेहरूको दुखाई भन्दा पनि समग्र देशको दुखाईले मन छुँदा केही आशाका किरणहरू अवश्य देखिएका थिए । देश बनाउँछौ भन्ने कम्युनिष्टहरू एक हुँदा झुप्रोमा सुत्नेहरू मात्र हैन खुला आकाशमुनी शितलहरमा सुत्नेहरू पनि उत्तिकै खुसी बने । जनताको शासन व्यवस्थामा आए पछि केही राहत कल्पना गरेका हरूको लागि आकाशको फल बन्यो कम्युनिष्ट एकता । एकताको हुरीले कतिलाई चुचुरोका पुर्याउदा गरिब दिनदुखी बढारिएर सतहमा स्याउला जस्तै बन्नु देशकै दुर्भाग्य बन्यो । आज पनि अन्तिम भोजका आयोजकहरू अनेक आयोजनालाई कमिसनको बार्गेनिङमा तहस नहस पार्दैछन ।
हिजो गरीब जनतालाई सपना देखाएर रगतको बलिदानी माथि शासक बनेकाहरूले आज आफ्नै लडाँइमा अंग–भंग भएकालाई चिन्दैनन चिन्छन त बिचौलियाहरूलाई अनि पैसाका सुट्केस लिएर काम गराउन आउनेहरूलाई । न सहयोगी आफ्नो बन्यो न सारथी नै आफ्नो रह्यो । न साथ दिनेहरू आफ्ना बने न सुझाब र सल्लाहा दिनेहरू न रगत दिनेहरू न जीवननै बलिदान गर्नेहरू । बिडम्बना दोष उनीहरूको मात्र पनि कहाँ हो र ? दोष त पुरानो दलदलको हो । पुरानै चक्रब्युहको हो । जुन दलदललाई चुनौती दिएर देशको लागि सोच्ने मान्छेको जन्म भएकै छैन ।

गएको बर्ष झनै धेरै इमानको खरिदबिक्री सुन्न र देख्न बिवस बन्दा यहां धेरै छोरीचेलीहरूको इहलिला समाप्त पारियो । लाजै लाग्नेगरी प्रमाणहरू नष्ट गर्दै देशमा नयाँ नयाँ काण्ड मच्याउने भोका राजाहरूको उदय हुँदै गर्दा हिजो रगत बगाएका मुर्दाहरूका समेत कोसिकाहरू ठाडा बने । आखिर नियति न हो यहाँ पावर र पैसाले रगत साटिन पनि सक्नेरहेछ ।

पद र पैसाले अपराध ढाँटिनपनि सक्नेरहेछ । खुला मैदानमा अनेक छोटे राजाहरूको जगजगी हुँदा जनताहरू यतिधेरै त्रसित बनेको गतवर्ष इतिहासकै कालो वर्ष नहुनसक्ला भनेर भन्न सकिन्न । अपराध बढेर आफ्नाले आफ्नैलाई चिथोर्न र कोपर्न पछि नपर्ने वर्तमानलाई चिरेर न यहाँ कोहि चाणक्य बन्न तयार छ न कोही सक्षम चन्द्र गुप्त तयार गर्न । छन त देशको नाममा देशलाइनै थिलो थिलो परेर भागबण्डा गर्नेहरू । अचम्म छ एकता र अनेकताको यो बिभेदमा आगोको भुमरीमा परेको देशलाई समृद्ध बनाउन न पढ्न जरुरी छ न सक्षम बन्न । न बुझ्न जरुरी छ न बुझाउन । जरुरी छ त फगत छलकपट, अनि जरुरी छ कमिसन खोर बन्न । झुटबोल्न जान्नेहरूको बर्चश्व छ । छलकपट, यभिचार, दुराचार गर्न सक्नेहरूको राज अनि जनताको शासन, जनताका अधिकार जनताका समस्या के समस्या ?

यहाँ आफ्नै समस्या समाधान गर्न नसकेकाहरू जनताको समस्या समाधान गर्न भनेर हिडेका छन, आफैलई बदल्न नसकेकाहरू देश बदल्न भनेर हिडेका छन्, आफै अपराधमा संलग्नहरू अपराध नियन्त्रण गर्छौं भनेर हिँडेका छन । देशको दुर्दसा भनौं या के ? काम गरेर मेहनत गर्नेहरू उनीहरूको डर त्रासमा कहाँ के गर्ने हुन भनेर चुप रहनुपर्ने बाध्यता छ । गएको बर्ष जे होस यो बर्षको सुरुवातमा देशबनाउँछौ भनेर लाग्नेहरूले आफुलाई बदल्न सके मात्र देश बदल्न सक्छु भन्ने सानो प्रण गरे भने मात्र पनि अर्को वर्षसम्म जग निर्माण हुनसक्छ । जग राम्रोसँग निर्माण बन्यो भने घर पनि त बलियो र राम्रो हुन्छ । हैन भने त हामीले सोचेको मिसाल पनि कमजोर र मक्कार बन्न के बेर हैनर ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com