ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार


admin

एजेन्सी,१७ पुस ।  बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गर्नु भएको हो ।

बर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी नै विजयी भएको नतिजा सार्वजनिक भएपछि सोमबार विपक्षी दलका नेताहरुले परिणाम अस्विकार गर्दै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

आइतबार भएको निर्वाचनमा व्यापक अनियमितता, धाँधली र एकपक्षीय नियन्त्रण भएको विपक्षीको आरोप छ । चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो ।

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ ।

तर प्रमुख निर्वाचन आयुक्त हुडाले भने निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ र स्वतन्त्र रुपमा सम्पन्न भएको दावी गर्नुभएको छ । आयोगका प्रवक्ता एस.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको जानकारी पनि दिनुभयो ।

“हामीले फेरी अर्को निर्वाचन गराउन गइरहेका छैनौ, फेरी अर्को निर्वाचन तत्काल गराउनु पर्ने कुनै कारण छैन,” उहाँले पत्रकारहरुसँग भन्नुभयो ।

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसद्मा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्षसमेत रहनुभएकी हसिना चौथो पटक प्रधानमन्त्री बन्नुहुनेछ । प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिनु भएको छ ।
–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com