ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति


admin
पुस १५, २०७५ आईतबार   १२ : ०४   बजे

एजेन्सी,१५ पुस । सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताउनुभएको छ ।

“अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ परिस्थितिका बारेमा हामीले विशेष रुपमा छलफल गरेका छौं,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टर्कीका समकक्षी मेभ्लट काभुसोग्लुसँग मस्कोमा भेटवार्ता भएपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै बताउनुभयो ।

“रुस र टर्कीका सैनिक प्रतिनिधिहरुबीच स्थलगत रुपमा गर्नुपर्ने समन्वयका बारेमा एक किसिमको सहमति भएको छ । सिरियाबाट सबै किसिमका आतङ्कवादी खतराहरु निमिट्यान्न पार्न दुबै मुलुकबीच समझदारी पनि भएको छ,” लाभरोभले बताउनुभयो ।

टर्कीका विदेशमन्त्री काभुसोग्लुले पनि दुबै मुलुकले सिरियाका मामिलामा सहमति जनाएको पुष्टी गर्नुभयो । उहाँले सिरियाली शरणार्थीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउने बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

“हामी रसिया र इरानसँग मिलेर सिरियामा राजनीतिक स्थायित्व ल्याउन तत्पर छौं ।” उहाँले भन्नुभयो ।
लाभरोभ र काभुसोग्लुका अलावा वार्तामा रुस र टर्कीका रक्षा मन्त्रीहरु क्रमशः सर्गेई शोइगु र हुलुसी अकार पनि सहभागी हुनुहुन्थ्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गर्नुभएको थियो । उहाँले चरमपन्थी इस्लामिक स्टेट समूह परास्त भएकाले अमेरिकी सैनिक फिर्ता गर्नुपरेको जनाउनुभएको थियो ।

चरमपन्थी इस्लामिक स्टेटले खाडी क्षेत्रको अधिकांश भूभागमा आफ्नो नियन्त्रण गुमाइसकेको छ । तैपनि, हजारौं जिहादीहरु अझै पनि युद्धग्रस्त मुलुक सिरियामा रहेको विश्वास गरिन्छ ।

शुक्रबार, रसियाले अर्को वर्षको शुरुमै सिरिया द्वन्द्वका बारेमा टर्की र इरान सम्मिलित तीन देशीय शिखर सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group