
नेपालगन्ज,१४, पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय भुमिमा नेपाली यात्रुको सुरक्षाको ग्यारेन्टी भारतले लिनुपर्ने बताएका छन् ।
शनिबार बाँकेको नेपालगन्जमा नेपाल भारत मैत्री बस सेवाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । नेपालतर्फ यात्रुहरुको सुरक्षाको ग्यारेन्टी सरकारले लिने बताउदै मुख्यमन्त्री पोखरेलले भारतमा नेपाली यात्रुहरुको सुरक्षाको ग्यारेन्टी भारतले लिनुपर्ने बताए ।
बस सेवाले मानिसलाई सुविधा मात्र नदिने भन्दै मुख्यमन्त्री पोखरेलले यसले दुई देशको सम्बन्धलाई अझै राम्रो बनाउन मद्वत पु¥याउने बताए । धुमधामसहित सुरु गरिएका यस्ता सेवाहरु दिगो हुनुपर्ने बताउदै उनले यात्रुहरुको सुरक्षित यात्रा सुनिश्चित गर्न व्यवसायीलाई निर्देशन समेत दिए ।
नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीको लागि नेपाल भारत मैत्री बस सेवाको सुरुवात हुन भनेको प्रदेश र नेपालगन्जको लागि खुसीको कुरा भएको मुख्यमन्त्री पोखरेलले बताए ।



















प्रतिक्रिया दिनुहोस्