ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कडा सुरक्षाबीच इराक जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पको विमानको फोटो कसले खिच्यो ?


एबीसी न्यूज
पुस १४, २०७५ शनिबार   ९ : ०३   बजे


काठमाडौं, १४ पुस ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको मौका पारेर इराक पुगेर त्यहाँ रहेका अमेरिकी सैनिकसँग भेटघाट गरे । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमबिना नै अचानक इराक पुगेका थिए ।

ट्रम्पलाई लिएर इराक जाँदै गरेको अमेरिकी एयर फोर्सको विमानको तस्बिर कसले कैद गर्यो भन्ने कुरा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । ट्रम्पको एयरफोर्स वन विमान बुधबार शेफिल्डको आकाशमा उडिरहेका बेला कसैले आफ्नो क्यामेरामा तस्बिर कैद गर्न भ्याए ।

त्यसो त अमेरिकी राष्ट्रपतिको यात्राका बारेमा निकै नै गोपनीयता अपनाइन्छ । राष्ट्रपतिको सुरक्षालाई ध्यान दिँदै उनको भ्रमण तालिका नै अत्यन्त गोप्य राख्ने गरिन्छ । अझ इराकजस्तो युद्धग्रस्त क्षेत्रको भ्रमण त गोप्य नै हुनेभयो ।

इराक जाँदै गर्दा ट्रम्पको विमानको बत्तीसमेत निभाइएको बताइएको छ । आतंकवादी संगठनको निशानामा विमाना पर्न सक्छ भनेर नै कडा सुरक्षा अपनाइएको थियो । तर त्यति हुँदाहुँदै पनि शेफिल्डको आकाशमा उनको विमान उड्दै गर्दा कसैले तस्बिर खिच्न भ्याए ।

एलन मेलोय नामक व्यक्तिले यसको जानकारी सामाजिक सञ्जालमा राख्नेबित्तिकै मानिसहरु विमानलाई ट्रयाक गर्न सुरु गरे । धेरैले अनुमान लगाए, ट्रम्पको विमान युरोपको आकाश हुँदै कहाँ गैरहेको छ । आफैलाई एभियसन फोटोग्राफर बताउने मेलोय ट्रम्पको विमानको तस्बिर खिचेपछि यतिबेला निकै चर्चामा छन् ।

एयर फोर्स वन विमानलाई राष्ट्रपति ट्रम्पको सुरक्षालाई मध्यनजर गर्दै जहाजको कल साइन नै परिवर्तन गरिएको थियो ।

युद्धग्रस्त क्षेत्रको भ्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प मात्रै होइनन्, यसअघि पनि थुप्रै अमेरिकी राष्ट्रपति द्वन्द्वग्रस्त क्षेत्रको भ्रमणमा गएका छन् ।

तस्बिर सामाजिक सञ्जालमा राख्नेबित्तिकै मानिसहरु किन यति धेरै उत्सुक छन् भन्ने कुराले आफूलाई पनि घचघचाएको मेलोय बताउँछन् । मेलोय भन्छन्, ‘एकदमै सुन्दर थियो, सूर्यको प्रकाश भरपूर थियो, जब मैले आकाशतर्फ हेरेँ, आकाशमा उडिरहेको विमान सूर्यको प्रकाशले चम्किरहेको थियो ।’ मेलोयले आफूले संयोगवश त्यस विमानको तस्बिर खिच्न पुगेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group