ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प अचानक इराकमा


admin
पुस १२, २०७५ बिहीबार  ३ : १९ बजे

एजेन्सी,१२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुग्नुभएको हो ।

उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उहाँको भ्रमणको बारेमा जानकारी गराइएको थियो ।

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणालाइ गर्नु भएको थियो ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समयाअनुसार बुधबार बेलुका ७ः१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुग्नु भएको थियो ।

राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एक सय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामुहिक वार्ता गर्नुभएको थियो ।

यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर पछि भने उहाँहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ ।

इराकी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिका अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।

त्यस फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा उहाँहरुबीच कुराकानी भए नभएको बारेमा भने केही बताइको छैन । इराकको उक्त अमेरिकी सैन्य बेस क्यापमा हसिलो मुहार लगाएर अमेरिकी राष्ट्रपतिको स्वागतार्थ बसेका अमेरिकी सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति ट्रम्पले हात मिलाएका थिए । साथै उहाँले सैन्य अधिकारीहरलाई अटोग्राफ पनि दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यससम्बन्धी भिडियो पनि सार्वजनिक गरेकोे छ । राष्ट्रपति ट्रम्प इराकको उक्त भ्रमण सकेर जर्मनी पुग्नुभएको अर्काे एक समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com