ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पद सम्हालेको १० दिनमै मेक्सिकन राजनीतिका शक्तिशाली दम्पत्तिको हेलिकप्टर दुर्घटनामा मृत्यु


एबीसी न्यूज
पुस १०, २०७५ मंगलबार   १२ : ५४   बजे

काठमाडौं, १० पुस । सोमबार मेक्सिकोको प्युब्ला प्रान्तकी गभर्नर मार्था एरिका आलोन्सोले पद सम्हालेको १० दिनमात्र भएको थियो। यो प्रान्तकी पहिलो महिला गभर्नर उनले डिसेम्बर १४ मा सपथ लिएकी थिइन्।

उनी गभर्नर बन्नुभन्दा पहिले त्यहाँ उनका पति राफेल मोरेनो भाइल गभर्नर थिए। यसपालि उनी संघीय सांसद निर्वाचित भएका थिए।

मेक्सिको राजनीतिमा यो जोडी शक्तिशाली दम्पत्तिका रूपमा चर्चित थियो। तर अब उनीहरू मेक्सिकोको राजनीतिमा हुने छैनन्। सोमबार भएको हेलिकप्टर दुर्घटनामा परी उनीहरूको निधन भएको छ।

मेक्सिकन समाचारपत्र रिफोर्माका अनुसार उनीहरू चढेको हेलिकप्टर प्युब्लाको हेलिप्याडबाट सान पेड्रो ट्लाल्टेनांगोतिर गएको थियो।

प्युब्ला सरकारले विज्ञप्ति जारी गर्दै दुर्घटनामा मार्था दम्पत्तिसहित कम्तिमा पाँच जनाको ज्यान गएको जनाएको छ।

मृत्यु हुने अन्यमा दुई जना पाइलट र एकजना भाइलका सहयोगी छ।  विज्ञप्तिमा कोरोनांगो नगरमा भएको हेलिकप्टर दुर्घटना भयावह भएको बताइएको छ।

मार्थाका पति राफेललाई कुनै बेला मध्यमार्गी दल नेशनल एक्सन पार्टीको उदाउँदो नेताको रूपमा हेरिएको थियो। उनले सन् २०११ देखि २०१७ सम्म प्यूब्लाको गभर्नर चलाएका थिए। एक समयमा उनलाई भावी राष्ट्रपतिको सम्भावित उम्मेद्वार भनिएको थियो।

गत जुलाईमा भएको चुनावबाट मेक्सिको संस्थापनलाई हराएर राष्ट्रपति चुनिएका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मार्था र उनका पतिको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले दुर्घटना कसरी भयो भन्नेबारे जाँचबुझ गर्न अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्।

‘दुर्घटनाको अनुसन्धान गरी के भएको ह सत्यतथ्यबाहिर म प्रतिवद्ध छु,’ राष्ट्रपति ओब्राडोरले मार्था परिवारलाई लेखेको समवेदनामा भनेका छन्।

सन् २०१० मा प्युब्लाको गभर्नर जितेपछि राफेल शक्तिशाली नेताका रूपमा उदाएका हुन्।  उनको महत्वकांक्षा बढेसँगै प्रान्त र आफ्नै पार्टीका नेतालाई नियन्त्रणमा राख्न थालेको भन्दै आलोचना भएको थियो।

पछि उनीमाथि राजनीतिक प्रक्रियालाई बेवास्ता गरेको आरोप लागेको थियो।  उनकी पत्नी मार्थाले गभर्नरको जितेको चुनावबारे राष्ट्रपति ओब्राडोरको पार्टीले विरोध गरेको थियो। पत्नी मार्थालाई जिताउन भाइलले चुनावी प्रक्रियामा प्रभाव पारेको उसको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group