ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ : राष्ट्रपति ट्रम्प


admin
पुस ९, २०७५ सोमबार   ४ : २४   बजे

एजेन्सी,९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताउनुभएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाउनुभएको छ ।”

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर उहाँको तिब्र आलोचना भइरहेको छ ।

ट्रम्पले ट्वीटमा अगाडि भन्नुभएको छ, “एर्डोगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व हुनुहुन्छ ।”

दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो ।

विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भन्नुभएको छ, “हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group