ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिको पर्खालको बजेट पारित नभए विशेषाधिकार प्रयोग गर्ने ट्रम्पको चेतावनी


admin

एजेन्सी, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी माथिल्लो सदनले सीमा पर्खालका लागि प्रस्तावित पाँच अर्ब डलर बाहेक बाँकी बजेट मात्र पारित गरेपछि राष्ट्रपतिको यस्तो भनाइ सार्वजनिक भएको हो ।

उक्त विधेयक अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएर सिनेटमा पुगेको थियो । राष्ट्रपतिको मागलाई विचार गरी तल्लो सदनमा २१७–१८५ को बहुमतले विधेयक पारित गरिएको थियो ।

उक्त विधेयक पारित भएकोमा खुशी भएका राष्ट्रपति ट्रम्पको अघिल्तिर फेरि सिनेटको तगारो बाँकी नै छ किनभने उक्त विधेयक १०० सदस्यीय सिनेटबाट पारित हुन ६० मत प्राप्त हुनु पर्दछ जबकी सिनेटमा रिपब्लीकनको ५१ सिट मात्र छ ।

विधेयक पारित नभए शनिबारदेखि कतिपय सङ्घीय कार्यालयहरुमा बजेट अभाव हुनेछ । सिनेटले भने फेब्रुअरी ८ सम्मका लागि बजेट पारित गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाइसकेको छ ।

सिनेटमा रिपब्लीकन सिनेटरसँगको छलफलपछि ट्रम्पले भन्नुभयो, “मैले आफ्नो कुरा प्रस्टसँग राखेँ । बजेटमा सीमा सुरक्षासम्बन्धी खर्च राख्नुको विकल्पै छैन । पर्खालको ठूलो महत्व छ, चाहे हामीलाई त्यो मन परोस् वा नपरोस् । अरु कुनै चिजभन्दा यसले अझ बढी राम्रोसँग कार्य गर्नेछ ।”

राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्राटिक पार्टीका वरिष्ट नेताहरुसँगको छलफलमा पनि पर्खाल निर्माणका लागि पाँच अर्ब डलरको बजेट पारित नभए आफूले बजेट स्वीकृत नगर्ने चेतावनी दिनुभएको थियो । साथै उहाँले बजेट अभावमा अमेरिकी सरकारी निकायहरु बन्द भएको अवस्थामा त्यसको जिम्मेवारी डेमोक्राट पार्टीले पनि लिनुपर्ने बताउनुभएको छ ।

ट्रम्पको टिप्पणीले रिपब्लीकन र डेमोक्राटिक पार्टीबीच अघिल्लो दिन भएको भद्र सहमतिलाई उल्ट्याएको छ । अन्य विकल्प बाँकी नरहेपछि क्रिसमस अघि सरकारी कार्यालयहरु बन्द गर्नुपर्ने परिस्थिति नआओस् भन्नका लागि दुबै पार्टीबीच सीमा पर्खाल बाहेकको बजेट पारित गर्ने सहमति भएको थियो ।

डेमोक्राट पार्टीका नेताहरुले मेक्सिकोसँगको सीमा पर्खाल निर्माण आवश्यक नरहेको र त्यो खर्चको सत्यानाश मात्र हुने भन्दै निरन्तर आलोचना गरिरहेका छन् । उनीहरुले संसदका दुबै सदनमा उक्त प्रस्ताव विरुद्ध मतदान गर्ने जनाइसकेका छन् ।

बजेट अभावमा आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, राष्ट्रिय निकुञ्ज, यातायात तथा हाउजिङ समेतका निकायहरु नराम्रोसँग प्रभावित हुनेछन् । तर सैनिक समेतका अन्य सरकारी निकायहरुमा प्रभाव पर्ने छैन । यसैवर्षको शुरुमा सेप्टेम्बरसम्मका लागि बजेट पारित भएका कारण यी निकायमा समस्या हुने छैन ।

बजेट अभाव झेल्ने एजेन्सीमा कार्यरत एक लाखभन्दा बढी कर्मचारीले तलब पाउने छैनन् र उनीहरुलाई रित्तो हात घर पठाइनेछ ।

मेक्सिको सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको सबैभन्दा ठूलो चुनावी एजेन्डा पनि हो । उहाँले सन् २०१५ मा राष्ट्रपतीय चुनावी प्रचार अभियानदेखि हालसम्म पर्खाल निर्माण गरिछाड्ने प्रतिज्ञा गरिरहनुभएको छ ।

अमेरिकी तल्लो सदनमा डेमोक्राटिक पार्टी नेतृ नान्सी पेलोसीले भन्नुभयो, “पर्खालको केही काम छैन, मेरो विचारमा उनीहरुले यो कुरा राम्रैसँग बुझेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com