ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिला आफैले गरेको मनोरन्जनलाई पछि हिंसा नभनौं


एबीसी न्यूज
पुस ६, २०७५ शुक्रबार  ३ : ०३ बजे

सर्सती फेसबुक वाल हेर्दै थिएँ मेरो गाउँकी भाउजुको फेसबुक प्रोफाइलमा राखिएको मि टु मा आँखा परे । गाउँकी सोझी भाउजुले समेत मि टु राखेको देखेपछि पहिले त अचम्म लाग्यो अनि एकदिन साँझ खाइवरी फोन गरें– भाउजु तिमीले पनि मि टु राखिछौ नि, फेसबुकमा ?! केही बुझेर हो कि त्यसै राख्यौ ?
मेरो प्रश्न भुँइमा खस्न नपाउँदै उनले फुरुंग पर्दै भनिन्– किन नराख्नु आजकल यो त फेसनै हो नि नानी । तपार्इं काठमाडौंमै भएर पनि केही थाहा छैन कि क्या हो ? उनको कुराले मलाई अचम्म लाग्यो । के बुझेर राखेकी होलिन् उनले मि टु भनेर । तर गाउँमै मास्टरी गरेका केही जान्ने सुन्ने हुँ भन्ने मेरा दाइले त्यसपछि भाउजुलाई अलि फरक तरिकाले हेर्न थालेछन् ।

अलिदिनपछि भाउजु आफैंले फोन गरेर सुनाइन्, मैले फेसबुकमा मि टु राखेपछि त दाइ अलि फेरिएका छन् नानी । अचानक आँखा तर्दै मि टु फाल्न लगाए । अहिले पनि पहिला जस्तो फ्रेस छैनन् । मलाई पनि मि टु भन्ने त्यति थाहा थिएन पछि टेलिभिजन, पत्रपत्रिका हेरेरै थाहा पाएँ । तर बुझ्न सकिनँ खै किन हो हरेक कुराको विश्वव्यापी ह्वीम नै चल्छ आजकल ।

प्रविधिले निकै साँघुरिएको विश्वमा सम्वन्ध बनाउनेहरुले कहिले सडक, कहिले रेष्टुरेन्ट, कहिले घर र अनेक कुना कुना पनि तताएकै छन् । मि टु मि टु भनेर लाग्दा मलाई त्यति राम्रो ज्ञान पनि भएन । पहिला जे पनि गर्ने यौटा अवधि पूरा भए पछि मि टु भनेर बाहिर आउने ।

यो अधिकारभित्र पर्छ कि स्वतन्त्रताभित्र वा आचरण या अनुशासनभित्र पर्छ भन्ने थाहा नै भएन । खै किन हो समाजमा महिलाहरुपछि परेको कारण पनि यस्तै हुनकि जस्तो लाग्यो । एकजना महिलाले चाहे जे पनि गर्न सक्छे । तर समयको अनुकूलता र प्रतिकूलतालाई हेरेर जब ब्याख्या गर्न थालिन्छ, कुन कुरालाई साँचो मान्ने, कुनलाई झुटो !सहमतिमा गरे प्यार, पछि खटपट भयो त्यही व्यभिचार ! पुरुषलाई मात्र व्यभिचारी देख्ने समाजमा त्यसको अर्को पाटो महिला पनि हो भन्न कोही तयार छैनन् । महिलालाई मात्र चरित्रहीन देख्ने समाजमा त्यसको अर्को पाटो पुरुष हो भन्न कोही तयार छैन । पुरुष र महिला मिलेर बनेको समाजमा यहाँनेर आइपुग्दा ब्याख्यामा समस्या छ, विश्लेषणमा समस्या  छ ।

मैले शुरुदेखि नै उठाउँदै आएको कुरा पनि यही हो– पुरुषको तुलनामा महिलाहरु कुनै पनि हालतमा कमजोर छैनन् । कमजोर छ त हाम्रो सोच । कमजोर छ त हाम्रो मानसिकता । हरेक राम्रालाई राम्रा र नराम्रा पक्षलाई मान्छेका कमि–कमजोरी भनेर व्याख्या गरिन थालियो भने त्यहाँ समस्याको समाधान छ । पुरुष र महिला भनेर व्याख्या हुन थाल्यो भने त्यसको कुनै निकास नै छैन ।

राम्रो सबैलाई राम्रो हुन्छ अनि नराम्रो सबैलाई नराम्रो नै । तर यहाँ राम्रो र नराम्रोको ब्याख्यामा पनि महिला पुरुष भनेर छु्ट्टयाउने गरिन्छ । हामी महिलाको बिषयमा भएको पनि यही हो । अहिले चलेको मि टु अभियानमा पहिला हिंसामा परेकाहरु पनि अगाडि आऊ भनेर भनिरहँदा बीसौं बर्षअगाडि आफ्नो करियर बनाउन शहर पसेकी यौटी सक्षम केटी कसैको हिंसामा पर्छे त्यतिखेर बिरोध नगर्ने ! बिरोध गरे करियर खराव हुने, काम नपाउने । यस्तै काम नगरी कहाँ अगाडि बढ्न सकिन्छ र भनेर हरेक हिंसा सहमतिमै स्वीकार्न तयार हुने । जव समयले हरेक कुराको तय गर्छ पाउने कुरा प्राप्त भैसकेको हुन्छ, पैसा सम्पत्ति सबै हातमा हुन्छ या उमेरले पाको बनाइसकेको हुन्छ अनि हिंसामा परेको भन्न सुहाउँछ र भन्या ?

हुनत बीसौं बर्ष अगाडिका यस्तै घटनामा कतिपय मानिसलाई जेल सजाय भएका घटना पनि हामीले सुनेका छौं । किन आज ठाउँको ठाउँ विरोध गरांै भन्ने अभियान नभएर म पनि अर्थात् मि टु भनेर अभियान चलाउने ? यो कत्तिको न्यायसंगत कुरा हो ? यसले त हामी महिलालाई झनै कमजोर बनाउँदैन र ? आफ्नो स्वार्थ नमिल्ने समयसम्म मायाको नाममा, सम्वन्धको नाममा परपुरुषहरुको संगत गर्न समेतपछि नपर्ने अनि आफ्नो स्वार्थ पूरा भैसके पछि या स्वार्थ पूरा हुने नदेखेपछि हिंसा ग¥यो भन्न सुहाउँछ र ?

हामीले समाजमा हिंसा हुनै नदिने वातावरण बनाए कसो होला ? कुनै अमुक मान्छेले आफूलाई कसरी हेरेको छ भन्ने बुझ्न आजका नारीहरु सक्षम नै छन् । कोही छैनन् भने उनीहरुलाई पनि सक्षम बनाउने अभियान संचालन गरौं । समस्या त हिंसा भनेर नबुझेकै समयमा जस्तै काम गर्न घरमा राखेकी सानी नानी हिंसामा परिन् । उमेर भरिंदै जादा उनले आफूमाथि भएको हिंसाबारे बुझिन् भने त्यसलाई समाधान गर्नको लागि कानुनी बाटो खोज्नु स्वभाविक हो । यथार्थमा त्यस्तो परिवेशबाट गु्ज्रिएका पीडितहरुका लागि अभियान नै चलाउन पनि मिल्छ ।

तर बुझ्ने शिक्षित र आफूलाई सक्षम छु भनेर कुनै संस्थामा जागिर खान जाने अनि मन लागेसम्म उसको घर परिवार, श्रीमती छोराछोरी छ छैन या सिंगल हो कुनै मतलव नगरीकन आफ्नो फाइदा उठाउन खोज्ने अनि रीस उठेपछि हिंसा भन्ने ? मनोरञ्जन लिएर त्यसलाई हिंसा नभनौं न । हिंसा सहनै नसक्ने शब्द हो । कसैलाई पनि हिंसा कुनै प्रकारले पनि सैह्य हुनैसक्दैन ।

हिंसा बढेर अपराध बन्नथाल्छ । छलकपट, हिंसा र अपराधले मानिसलाई बिसर्जन बाहेक केही गर्नै सक्दैन । त्यसैले जागिर पाउनकै लागि हिंसा, पढ्नको लागि नै हिंसा कुनै काम गर्न सुरुवातमै हिंसा हुन्छ भने छोडौं त्यस्तो परिवेश । र, डटेर लडौं, त्यस्ता मान्छेहरुको बिरुद्धमा जसले हामीलाई हिंसाको माध्यमबाट आफ्नो वशमा राख्न चाहन्छन् । जहाँ हिंसा त्यहाँ प्रतिरोध भन्ने अभियान किन नचलाउने ? ।

यहाँ हरेक मान्छेको कामको खाँचो छ, क्षमतावान्को खाँचो छ । क्षमतावान् र काम गर्नेहरुलाई हिंसा सहन जरुरी पनि छैन । रातारात पैसा कमाएर देखासिकीको कृत्रिम जीवन बाँच्नकै लागि गरिने काम र सहने कुरालाई हिंसामा लिन थालियो भने त्यो त पक्कै स्वार्थ हुन्छ । कसैले फिल्म खेलाइदिन्छु भन्यो भने उसले गरेका सबै कुरा सहन तयार हुने अनि पूरा गरेन् भने त्यसलाई हिंसा भन्ने । कसैले जागीर लगाइदिन्छु भन्ला, कसैले तलब बढाइदिन्छु भन्ला, कसैले बिदेश घुमाउन लैजान्छु भन्ला । पहिले केही पनि नसोची सहमति जनाउने पछि त्यसलाई हिंसा भन्न जोसुकैले लाज मान्नु पर्छ ।

बिरोध त त्यतिबेलै गरौं न जब हामीलाई हिंसा भएको हामीले थाहा पायौं । हिंसाका अनेक रुप हुन्छन् । बोलीचाली ब्यवहारबाट नै हिंसाको आशय बुझ्न जरुरी छ । करिब २०/२२ बर्ष अगाडिको कुरा हो । म एकजना एनजिओ चलाउने आफूलाई निकै भद्र भन्ने पाको मान्छेकोमा जागिरको लागि कुरा गर्न गएँ । हाम्रो बिहे भैसकेको थियो ।

त्यहाँ गएर उनको अफिसमा बसेपछि उनले लम्बेतान कुरा गरे । हँसिलो मान्छे थिए उनी । भोलिपल्टैबाट मेरो जागिर पक्का हुने पनि भयो । तर जव अन्तिममा उनले मत हँसीमजाक गर्ने मान्छे, मेरा त दुइ श्रीमती छन् नि भनेर दुइ श्रीमती भएकोमा निकै गर्व देखाए । त्यसपछि म उनकोमा जागिरमै गइनँ । मैले बेलुकी घर फर्केर श्रीमान्लाई भने । कुनै प्रसंगबिना नै जब उनले दुइ श्रीमतीको कुरा ल्याए मलाई हजम भएन । मलाई उनका कति श्रीमती छन् जान्न जरुरी नै थिएन । मलाई जागिर जरुरी थियो जब मैले उनका कुरा सुनें उनको टोनमा मैले आज प्रयोग हुने शब्द हिंसा देखें हुँला । त्यसैले मलाई त्यहाँ जागिरको लागि जानै मन लागेन । त्यसैले चेतना भन्ने कुरा आफु भित्रको कुरा हो ।

मलाई उनले केही भनेका थिएनन् तर मलाई उनको कुरा राम्रो लागेन । जागिरकै लागि यौटा संस्थामा जाँदा उसको इमान हेर्न जरुरी छ, तर उसको छाडापन थाहा पाइराख्न र सहन हामीलाई जरुरी छैन । त्यसैले आफू सचेत बन्दा हिंसा रोकिन्छन् र आफूले चाल्ने गलत कदमबाट हिंसा बढ्न पनि सक्छ । मिलेर गर्ने समयसम्म अमिल्दा कुराहरुलाई पनि माया सम्बन्ध भन्ने र नमिल्दा र रीस उठ्दा हिंसा भन्न थालियो भने हामीप्रतिको विश्वास पनि कमहुँदै जान्छ ।

त्यसैले जब सबै एक भएर हरेक ठाउँबाट हामीमाथि हुने हिंसाको विरोध आजैबाट ठाउँको ठाउँ गर्न थाल्छौ पक्कै पनि यसको अन्त हुनेछ । हिंसाको अन्त्य गर्नको लागि पुरुष महिला दुबै बराबर लाग्न सक्छौं, यदि हामी र हाम्रो प्रवृत्ति हिंसक छैन भने । होइन भने त स्वार्थ मिश्रित मि टु अभियानले खासै केही हुनेवाला पनि छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com