ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिको विकास बिना देशको विकास असम्भव : कृषिमन्त्री थापा


admin
पुस ५, २०७५ बिहीबार  २ : १२ बजे

 स्याङ्जा, ५ पुस । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ ।

रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि सुन्तला बारी खाल्टेमा आएको बताउनुभयो ।

मन्त्रालयले वालिङ नगरपालिका–४ सुन्तला बारी खाल्टेमा बुधबार आयोजना गरेको कृषकसँग मन्त्री कार्यक्रममा मन्त्री थापाले किसानका समस्या नजीकबाट बुझ्ने र उनीहरुका समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

मन्त्री थापाले किसानलाई हावापानी सुहाउँदो व्यावसायिक खेतीमा लागेको खण्डमा राम्रो उत्पादन गर्न सकिने र किसानलाई आफ्नो व्यवसायमा स्थापित हुन सहज हुने बताउनुभयो ।

‘एक स्थानीय तह एक वातावरणमैत्री गाउँ’ बनाउने योजनामा मन्त्रालयले तयारी गरेको बताउँदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज सङ्कलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजना मन्त्रालयले बनाएको बताउनुभयो । प्रदेशले राम्दी र मुग्लिनमा क्वारेनटाइन चेकपोष्ट बनाउने तायरी गरको बताउँदै यसले अस्वस्थ्य तरकारी माछा मासु तथा पशुपक्षी आयात रोकिने मन्त्री थापाको भनाइ रहेको छ ।

किसानका समस्या र आवश्यकताको पहिचान गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरिएको मन्त्रलायका सचिव शरदचन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँले कृषि तथा पशुपक्षीको सम्भावना भएका क्षेत्रको पहिचान गरी मन्त्रालयले पाँचौँ कार्यक्रमका रुपमा सुन्तला बारी खाल्टेमा कृषकसँग अन्तरक्रिया गरिएको बताउनुभयो ।

सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले आफूहरुले उत्पादन गरेका सुन्तला र तरकारीले बजार नपाएको गुनासो गर्नुभयो । खाल्टेमा सिँचाइको समस्या, सुन्तला खेतीमा लागेको रोग नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

एक हजार २०० मिटरको उचाइमा रहेको सुन्तला बारी खाल्टेमा गत आवमा २३ लाखको सुन्तला बेचेको र यस आवमा ५६ लाखको उत्पादन र पाँच वर्षभित्र डेढ करोड मूल्य बराबरको आम्दानी गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो ।

कार्यक्रममा किसानले चितुवा, दुम्सी, बाँदर, मृगलगायत वन्यजन्तुले खेतीपाती तथा तरकारी खेतीमा क्षति पु¥याएकाले यसको नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

वालिङ नगरपालिकाका प्रमुख दिपीप्रताप खाँणले नगरपालिकाले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि यन्त्रको विकास गरिरहेको र त्यस यन्त्रलाई वन्यजन्तुको प्रभाव भएका ठाउँमा राखेर किसानका उत्पादनलाई सुरक्षित गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

चिया इलाम–दमकको, तरकारी बोर्डर पारीको !’ इटहरीमा बालेनको व्यंग्यात्मक प्रश्न, रविको गगनलाई कटाक्ष : ‘२० वर्षपछि बल्ल ज्ञान आयो !’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com