ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौलिकता जोगिने गरी पुननिर्माण गर्न नेता नेपालको आग्रह


admin

काठमाडौं,४ पुस । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुननिर्माणका क्रममा काठमाडौँलगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको संरक्षण गर्न सुझाव दिनुभएको छ ।

पुननिर्माण जिल्ला समन्वय समिति काठमाडौँको आज बसेको बैठकमा उहाँले मौलिक पहिचान जोगिने गरी पुननिर्माण गर्न सुझाव दिनुभएको हो । उहाँले स्थानीय तहमा पुननिर्माणको जिम्मेवारी आएसँगै निपूणताको परीक्षण हुने बताउनुभयो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पुनःनिर्माणमा स्थानीय तहको व्यापक परिचालनको औपचारिक थालनी भएको धारणा राख्दै संविधान तथा ऐनमा परिभाषित जिम्मेवारीअनुसार आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय पुननिर्माणको संस्थागत स्मरण, ज्ञान तथा अनुभवलाई स्थानीय तहमा हस्तान्तरण गर्न पुननिर्माणमा स्थानीय तहलाई अझ व्यापकरुपमा सहभागी गराउँदै लगिएको जानकारी गराउनुभयो ।

उहाँले अनुदानको किस्ता वितरण, पहिलो किस्ता लिएर घर बनाउन नसकेका लाभग्राहीको पहिचान गर्न, उनीहरुलाई घर निर्माणमा प्रोत्साहन गर्न, गुनासो सम्बोधन गर्न र झुठा विवरण दिएर अनुदान लिएकाबाट रकम फिर्ता गराउनेलगायतका कार्यमा स्थानीय तहका पदाधिकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

बैठकले जिल्लास्तरमा पुननिर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न समन्वय समिति प्रमुखको अध्यक्षतामा जिल्ला सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

सो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, कोलेनिका प्रमुख, पुननिर्माण प्राधिकरणका शिक्षा, भवन र पुरातत्वका आयोजना प्रमुख एवं बैंकका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिको सदस्य सचिवको जिम्मेवारी जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुखलाई दिइएको छ ।

समितिको बैठक प्रत्येक महीना बसी पुननिर्माणसम्बन्धी गतिविधिको समीक्षा गर्ने र आवश्यक सहजीकरण गर्ने, स्थानीयस्तरको पुननिर्माण कार्यको समन्वय एवं सहजीकरण गर्न काठमाडौँ महानगरपालिका र सबै नगरपालिकामा स्थानीय पुननिर्माण समन्वय समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा काठमाडौँ जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com