
काठमाडौं, ४ पुस । मंगलबार बिहान स्कुल गएका बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान उनको शव भेटिएको हो। बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो।
दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।



















प्रतिक्रिया दिनुहोस्