ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्पनीले दाबी गरेजति रकम उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि मेलम्चीको ठेकेदारसँगको वार्ता निष्कर्षविहीन


एबीसी न्यूज
पुस ३, २०७५ मंगलबार  ६ : ५३ बजे

काठमाडौं,  ३ पुस ।  बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ठप्प पारेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच मंगलवार भएको वार्ता निष्कर्षविहीन बनेको छ । खानेपानी मन्त्री बीना मगर, मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कंडेल लगायतको उपस्थितिमा खानेपानी मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेको हो ।

करीब आधा घण्टाको छलफलमा सरकारी पक्षले कम्पनीले दाबी गरेजति रकम उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि ठेकेदार कम्पनीका प्रतिनिधि बाहिरिएको स्रोतले बतायो ।

त्यसपछि मन्त्री मगर र सचिव ठाकुरबीच केहीबेर छलफल भएको थियो । स्रोतका अनुसार छलफलपश्चात सीएमसीसँगको वार्ता र विकसित घटनाक्रमबारे जानकारी गराउन मन्त्रालयका सहसचिव शंकरप्रसाद सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।

आयोजनाको काम अलपत्र छाडेर सुटुक्क फिर्ता हुन खोजेका सीएमसीका ८ प्रतिनिधिलाई नेपाल प्रहरीको सहयोगमा आइतवार राति ठमेलबाट नियन्त्रणमा लिइएको थियो । फण्ड सटेज भएको कारण देखाउँदै आयोजना छाडेको पत्र बोकेर सीएमसीका प्रतिनिधि आइतवार आयोजनाको कार्यालय पुगेका थिए । यद्यपि सो पत्र बुझ्न आयोजनाले अस्वीकार गरिदिएको थियो ।

भूकम्प, नाकाबन्दी लगायतका कारणले काम गर्न नपाएको भन्दै सीएमसीले क्षतिपूर्ति दाबी गरेको छ । क्षतिपूर्तिको माग राख्दै गत जेठमा सीएमसीले काम अवरुद्ध पारेपछि विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको थियो ।

स्रोतका अनुसार उक्त रकम उपलब्ध गराउन तयार भएको सरकारले त्यसपछि थप क्षतिपूर्ति दाबी गर्न नपाउने शर्त राखेको छ । तर ठेकेदार कम्पनीले भने त्यसमा सहमति जनाएको छैन ।

एकतर्फी रूपमा सम्झौता रद्द गरे सीएमसीले राखेको करीब २ अर्ब धरौटी रकम जफत गर्ने सरकारी पक्षको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सत्तापक्ष नै प्रतिपक्ष:अबको संसदीय अभिभारा रास्वपाको थाप्लोमा

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com