ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित


admin

एजेन्सी,२ पुस । अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ ।

साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठह¥याएको छ ।

“साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको भत्र्सना गर्दछ किनभने सिनेटका आरोपहरु अपुष्ट छन् । त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ,” विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अमेरिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्जीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहनुभएको छ ।

यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए । उक्त मतदानमा डेमोक्राट र उनीहरुका विचारमा समर्थन जनाउने सात जना रिपब्लीकन सिनेटर सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लीकनका अरु तीन जना सिनेटर मतदानमा उपस्थित भएनन् ।

सिनेटले पत्रकार खशोग्जीको हत्यासम्बन्धी निन्दा प्रस्ताव पनि पारित गरेको छ । सिनेटले साउदी अरेबियाका मुख्य शासक राजकुमार मोहम्मद बिन सल्मान नै यसमा जिम्मेवार ठह¥याएको छ ।

साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको “अपमान” सह्य नहुने बताएको छ । “अमेरिकी सिनेटको यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्ने सबैलाई मद्दत गरेको छ ।”
सिनेटको उक्त प्रस्तावमाथि जनवरी अघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने छैन । राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ । तर सिनेटको मतदानले ह्वाइट हाउसमा रियादका बारेमा भिन्न दृष्टिकोण अबलम्बन गर्नेतर्फ सोच्न बाध्य बनाउनेछ ।

अमेरिकी अखबार वसिङ्टन पोस्टका लागि नियमित स्तम्भकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी महाबाणिज्यदूतावास कार्यालयमा प्रवेश गरेलगत्तै गत अक्टोबर २ मा हत्या भएको थियो ।

यमनमा जारी गृहयुद्ध र साउदी गठबन्धन नेतृत्वमा भएको हवाई आक्रमणले भएको जनधनप्रति अमेरिकी कङ्ग्रेसमा छलफल शुरु भएको छ । सन् २०१५ यता साउदी गठबन्धनको आक्रमणबाट १० हजारभन्दा बढीको यमेनीको ज्यान गइसकेको छ । अधिकारकर्मीले यो संख्या अझ बढी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com