ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद


admin
मंसिर २९, २०७५ शनिबार  ८ : १२ बजे

काठमाडौं,२९ मङसिर। सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार यातायात सेवा सञ्चालन दर्ता तथा पञ्जीकरण सम्बन्धमा बसेको सो बैठकले साविकमा यातायात समितिअन्तर्गत सञ्चालित विभिन्न यातायात सेवालाई कम्पनीमा लैजान केही कानूनी प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख छ ।

कम्पनीमा लैजान कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र संशोधनका लागि केही समय लाग्ने भएकाले म्याद थप गरिएको विभागले जनाएको छ ।

बैठकले साविकका समितिअन्तर्गत सञ्चालनमा रहेका यातायात सेवालाई अनिवार्यरुपमा कम्पनी, उद्योग, सहकारीमा दर्ता गरी आ–आफ्नो यातायात सेवा पञ्जीकरण गर्न फागुन मसान्तसम्मको म्याद थप गरिएको सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

देशभर सञ्चालनमा रहेका चार लाख सवारी साधन मध्ये हालसम्म नौ हजार सवारी मात्रै कम्पनीमा आएका छन् । तीमध्ये छ हजार मात्रै यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com