काठमाडौं, २८ मंसिर । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर दुर्घटना भएको छ । ठुलो संख्यामा मानवीय क्षतिको भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।
ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले ।
प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र अझै २० जनाभन्दा बढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।



















प्रतिक्रिया दिनुहोस्