ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लालबन्दी–१४ को मतपेटिका हेलिकप्टरबाट ल्याइयो


admin

सर्लाही, ३ असोज ।  सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ ।

लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

खोलामा बाढी आएपछि पैदल मार्ग अवरुद्ध भएकाले हेलिकप्टरमार्फत उक्त केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

उक्त मतदान केन्द्रमा जम्मा ८१९ मतदातामध्ये ५८१ मत खसेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।

नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र (क) र (ख) बाट भने ट्र्याक्टरमार्फत नै मतपेटिका ल्याइएको थियो ।
चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म सवारी साधनमा र त्यहाँबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेर नारायणखोलासम्म पुग्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com