ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधानसभा चुनावमा हारको नतिजापछि प्रधानमन्त्री मोदीले यस्तो भने


एबीसी न्यूज

काठमाडौँ, २६ मङ्सिर । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) लाई भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ । पाँच राज्यमा भएको विधानसभा चुनावमा बीजेपी कांग्रेसभन्दा पछि देखियो । तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ ।

मे २०१४ मा सत्तामा आएका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पछिल्लो मतपरिणामले ठूलो झट्का दिएको छ । किनकी बीजेपीलाई सरकारमा पुर्‍याउन यी राज्यले अहम भूमिका खेलेका थिए । यो चुनावलाई सन् २०१९ मा हुने आम चुनावको सेमिफाइनलको रुपमा हेरिएको थियो ।

मध्य प्रदेशका कांग्रेस प्रदेश कमिटि अध्यक्ष कमलनाथले राज्यपाल आनन्दी बेन पटेलसँग समय माग गर्दै चिट्ठि लेखेका छन् । चिठ्ठिमा कमलनाथले लेखेका छन् ‘मध्यप्रदेशमा कांग्रस ठूलो पार्टी बनेको छ । निर्दलीय उम्मेदवारहरुले पनि कांग्रेसलाई समर्थन गर्ने भनेका छन् । यस्तो अवस्थामा म तपाईंसँग भेट्न चाहान्छु ।’

यसैबीच राति १० बने प्रधानमन्त्री मोदीले कांग्रेसलाई जितको लागि बधाई दिएका छन् । यस्तै मोदीले तेलंगानामा केसिआर र मिजोरममा एमएमएफलाई पनि जितका लागि बधाई दिए ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ‘विधानसभा चुनावमा बीजेपीका कार्यकर्ताले दिनरात मेहनत गरेका छन् । म उनीहरुको मेहनतको सम्मान गर्छु । हारजित भनेको त जिन्दगीका हिस्सा हो ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com