ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ


admin
मंसिर २३, २०७५ आईतबार  ५ : ५७ बजे

 चीन, २३ मङ्सिर । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

मेङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ ।

चीनका उपविदेशमन्त्री ले युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, “बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेका मेङलाई तत्काल छोड्न आग्रह गरिएको छ । राजदूतसँगको भेटमा मेङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन ।”

मेङलाई गत हप्ता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानडाको भ्यानकुभर अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँ हङकङबाट मेक्सिको जाने क्रममा गैरकानूनी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उहाँलाई बढीमा तीसबर्षसम्मको जेल सजाय माग गरिएको छ ।

हुवावे कम्पनीका संस्थापक रेन झेङफेइकी छोरीसमेत रहेकी मेङले कम्पनीको मातहतको स्काइकम कम्पनीमार्फत इरानमा कारोबार गरेको र यो अमेरिकाले इरानमाथि लगाएको नाकाबन्धीको उल्लङ्घन भएको भन्दै पक्राउ गरिएको हो ।

अमेरिकी सरकारले कम्पनी र यसको चिनियाँ सरकारसँगको निकटतालाई निकै लामो समयदेखि हेरिरहेको र यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जनाएको छ । हुवावेमाथि इरानमा कारोबार गरेर नाकाबन्धीको उल्लङ्घन गरेको भन्दै कैयौँ पटक इरानसँग कारोबार नगर्न चेतावनी दिँदै आएको थियो ।

मेङलाई क्यानेडाली अदालतले सहमति दिएमा अमेरिका सुपुर्दगी गर्ने वा धरौटीमा रिहा गर्ने बिषयमा शुक्रबार सुनुवाई हुने बताइएको थियो सुनुवाई आगामी सोमबारका लागि सारिएको छ ।

हुवावेले आफ्नो आर्थिक मामिला प्रमुख कर्मचारी मेङले कुनै गल्ती गरेको जानकारी नभएको बताउँदै आएको छ भने चिनियाँ सरकारले मेङको रिहाइका लागि कडा आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com