
काठमाडौं ,२१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।
आज (शुक्रबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।
बैठकले सरकार र पार्टीका काममा देखिएको अन्योलको निकास दिने नेता झलनाथ खनालले बताए । त्यस्तै, उनले सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने जानकारी दिए ।
त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको भन्दै यस विषयमा कुरा उठाइने सचिवालयका नेताहरूले बताएका छन् ।



















प्रतिक्रिया दिनुहोस्