
काठमाडौं , १८ मंसिर, । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन बस्नु अगावै संविधानसँग बाझिएका कानुनहरु सम्बन्धि मस्यौदा संसदमा पेस गरिसक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
संसदको हिउँदे अधिवेशन आगामी पुस पहिलो हप्ता बस्ने तयारी भएको सभामुख कृष्णबहादुर महरा निकट स्रोतले जनाएको छ । यही तयारी अनुसार प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका सचिवहरुलाई आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बेलाएर निर्देश गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा सचिवहरुले संबिधानसँग बाझिएका कानूनहरु निमार्णको प्रगतिका सन्दर्भमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले असन्तुष्टि ब्यक्त गरेको स्रोतले बतायो । यही मंसिर महिनाभित्र मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाउन उनले सचिवहरुलाई भनेका छन् ।



















प्रतिक्रिया दिनुहोस्