ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्षोल्लासका साथ सिरहामा मतदान जारी, बिहान १० बजेसम्ममा ३५ प्रतिशत मतदान


admin

लहान, २ असोज  ।  तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गएरातिको वर्षा र दलीय प्रतिनिधि समयमा नपुग्दा केही मतदान केन्द्रमा केही ढिलो गरी मतदान शुरु भए पनि अधिकांश ठाउँमा बिहान ७ बजेबाटै मतदान शुरु भएको उहाँले बताउनुभयो ।

जिल्लाको २२१ मतदानस्थलमा ४३१ मतदान केन्द्र छन् । लहान नगरपालिका–१३ को वस्तीपुर मावि केन्द्र र धनगढीमाई नगरपालिका–२ स्थित जनता मावि भवानीपुर केन्द्रमा दलीय प्रतिनिधि समयमा आइनपुग्दा मतदान केही ढिलो गरी शुरु भएको जनाइएको छ । अत्यन्तै हर्षोल्लासका साथ मतदाता बिहान ५ बजेदेखि नै मत खसाल्न लामबद्ध भएका थिए ।

लामो समयको प्रतीक्षापछि हुन लागेको स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्न हौसिएका मतदाता लामबद्धरूपमा मतदान गरिरहेका छन् । मतदान केन्द्रमा कुनै अप्रिय घटना हुन नदिन मतदानस्थल र मतदानस्थलको अनुगमनमा सुरक्षा निकाय खटिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका १६४ वडाका लागि चार हजार ६५५ उम्मेदवारलाई तीन लाख ३१ हजार ५९६ मतदाताले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com