ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्षोल्लासका साथ सिरहामा मतदान जारी, बिहान १० बजेसम्ममा ३५ प्रतिशत मतदान


admin
आश्विन २, २०७४ सोमबार  १२ : ०४ बजे

लहान, २ असोज  ।  तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गएरातिको वर्षा र दलीय प्रतिनिधि समयमा नपुग्दा केही मतदान केन्द्रमा केही ढिलो गरी मतदान शुरु भए पनि अधिकांश ठाउँमा बिहान ७ बजेबाटै मतदान शुरु भएको उहाँले बताउनुभयो ।

जिल्लाको २२१ मतदानस्थलमा ४३१ मतदान केन्द्र छन् । लहान नगरपालिका–१३ को वस्तीपुर मावि केन्द्र र धनगढीमाई नगरपालिका–२ स्थित जनता मावि भवानीपुर केन्द्रमा दलीय प्रतिनिधि समयमा आइनपुग्दा मतदान केही ढिलो गरी शुरु भएको जनाइएको छ । अत्यन्तै हर्षोल्लासका साथ मतदाता बिहान ५ बजेदेखि नै मत खसाल्न लामबद्ध भएका थिए ।

लामो समयको प्रतीक्षापछि हुन लागेको स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्न हौसिएका मतदाता लामबद्धरूपमा मतदान गरिरहेका छन् । मतदान केन्द्रमा कुनै अप्रिय घटना हुन नदिन मतदानस्थल र मतदानस्थलको अनुगमनमा सुरक्षा निकाय खटिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका १६४ वडाका लागि चार हजार ६५५ उम्मेदवारलाई तीन लाख ३१ हजार ५९६ मतदाताले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता: के भइरहेको छ?

इस्लामाबादमा ऐतिहासिक कूटनीतिक क्षण: अप्रत्यक्ष वार्ता सुरु

सम्बन्धित

प्रचण्डको चेतावनी: संविधानमाथि छेडखानी भए सदन र सडकबाट प्रतिवाद गर्छौं

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com