ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पायाे, कुन प्रदेशमा कसको कति जना ?


एबीसी न्यूज


काठमाडौं,१४ मङसिर ।  लामो समयदेखि नटुंगिएको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पाएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो ।

यसअघि असोज ५ गते बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका अध्यक्ष र सचिव तथा इञ्चार्ज र सह–इञ्चार्ज टुंग्याएको थियो । बुधबारको बैठकले भने प्रदेश कमिटीलाई पूर्णता दिएको हो । प्रदेश कमिटीको अध्यक्ष र सचिव तथा इञ्चार्ज र सह–इञ्चार्ज तत्कालीन एमाले र माओवादी केन्द्रबाट भागबण्डा लगाएर नियुक्त गरिएको थियो ।

प्रदेश १ र ७ मा इञ्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छन् । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इञ्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरुले जिम्मेवारी पाएका थिए ।

इञ्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिवको जिम्मेवारी पाएको सुरेशबहादुर राईको प्रदेश नम्बर एकको प्रदेश कमिटीले पनि पूर्णता पाएको छ । विधानतः २ सय ७ सदस्यीय रहेको प्रदेश कमिटीमा तत्कालीन एमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना सदस्यको नाम टुंगो लगाएको छ ।

यस्तै प्रदेश नम्बर २ मा तत्कालीन एमालेबाट १ सय ७ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । बाँकी दुई जना भने पार्टी एकतापछि प्रवेश गरेकालाई चयन गरिएको प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डलले बताउनुभयो । प्रदेश २ मा विधानतः २ सय १५ सदस्य प्रदेश कमिटीको व्यवस्था गरिएको हो । प्रदेश २ को इञ्चार्जमा मण्डल, अध्यक्षमा प्रभू साह, सह–इञ्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई यसअघि नै जिम्मेवारी दिइसकिएको छ ।

प्रदेश नम्बर ३ मा तत्कालीन एमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना सदस्य रहने गरी २ सय १७ सदस्यीय प्रदेश कमिटीलाई पूर्णता दिइएको छ ।

यसअघि नै इञ्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सह–इञ्चार्ज हितबहादुर तामाङ र सचिवको जिम्मेवारी आनन्द पोख्रेलले पाइसक्नु भएको छ ।

गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ हुनुहुन्छ । गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री समेत हुनुहुन्छ । यस्तै अध्यक्षमा हितराज पाण्डे, सह–इञ्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई असोजमा जिम्मेवारी तोकिएको थियो । प्रदेशलाई पूर्णता दिने क्रममा तत्कालीन एमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना गरी १ सय ८७ सदस्यीय कमिटीलाई पूर्णता दिइएको हो ।

यस्तै प्रदेश ५ मा मुख्यमन्त्रीसमेत रहनुभएका शंकर पोख्रेल इञ्चार्ज हुनुहुन्छ भने सह–इञ्चार्जमा दलबहादुर राना, अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा यस अघि नै नियुक्त हुनुभएको हो ।

बुधबारको बैठकले यो कमिटीलाई पूर्णता दिँदै तत्कालीन एमालेबाट १ सय ६ जना र तत्कालीन माओवादी केन्द्रबाट ९७ जना रहने गरी २ सय ३ सदस्यीय समिति बनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा जनार्दन शर्मा इन्चार्ज, गोरखबहादुर बोगटी अध्यक्ष, यमलाल कंडेल सह–इञ्चार्ज र सचिवमा मयाप्रसाद शर्मा छन् ।

यो कमिटीले पनि अहिले पूर्णता पाएको छ । कर्णाली प्रदेशमा तत्कालीन एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना रहने गरी १ सय ७५ सदस्यिय प्रदेश कमिटी बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज भीम रावल, अध्यक्षमा कर्ण थापा, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी हुनुहुन्छ । सुदूरपश्चिममा तत्कालीन एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना रहने गरी १ सय ८३ सदस्यीय प्रदेश कमिटी बनाइएको छ ।

नेकपाले नामावली भने अझै सार्वजनिक गरेको छैन । प्रदेश १, २ र ३ मा तत्कालीन एमाले र माओवादीबाट कति–कति जना परे भन्नेबारे अझै बाहिरिएको छैन ।

प्रदेश कमिटीलाई पूर्णता दिए पनि नेकपामा अझै केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिको नेतृत्व चयनदेखि स्थानीय तहसम्मको एकता टुंग्याउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com