ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय पर्यटन ऐन अब छिट्टै


admin

काठमाडौं,१२ मङसिर । स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सङ्घीय पर्यटन ऐन २०७५’ ल्याउने अन्तिम तयारी गरेको छ ।

परिवर्तित सन्दर्भमा विसं २०३५ को ऐनलाई संशोधन गर्दा ८० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने अवस्था आएकाले मन्त्रालयलले नयाँ ऐनको मस्यौदा तयार पारेको हो ।

मन्त्रालयले प्रस्तावित सङ्घीय पर्यटन विधेयक, २०७५ को प्रारम्भिक मस्यौदामा आज सरोकार भएका निकायहरुसँग छलफल गरेको छ । सहभागी व्यवसायी तथा जानकारले समग्र पर्यटन क्षेत्रको हित र प्रवद्र्धन हुने गरी सङ्घीय पर्यटन ऐन बन्नुपर्ने राय दिएका छन् ।

प्रस्तावित मस्यौदामा पर्यटनको महत्वपूर्ण पाटोका रुपमा रहेको घरबास कार्यक्रम ‘होमस्टे’लाई समावेश गरिनुपर्ने, प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय पर्यटन परिषद्मा प्रधानमन्त्रीको कार्यव्यस्थतालाई मध्यनजर गर्दै पर्यटनमन्त्री नै अध्यक्ष रहने व्यवस्था हुनुपर्ने र त्यसमा निजी क्षेत्रका प्रतिनिधिलाई अनिवार्य गरिनुपर्ने धारणा राखे ।

तारे होटलको स्तर निर्धारण, वायु सेवा प्रदायक कम्पनीको व्यवस्थापन, पर्वतारोहण, पदयात्रा र जलयात्रालाई किटान गरेरै ऐनमा व्यवस्था गर्न पनि उनीहरुले सुझाव दिएका छन् । यसरी आफ्नो धारणा राख्नेमा होमस्टे एशोसिएशनका अध्यक्ष भीम केसी, नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, होटल एशोसिएशन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष सिर्जना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत हुनुहुन्थ्यो ।

पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको समग्र विकास गर्ने लक्ष्यका साथ ल्याउन लागिएको नयाँ ऐन हतारो नगरी सङ्घ, प्रदेश र स्थानीय सरकारलाई समेत ध्यानमा दिएर विषयवस्तु समेट्नुपर्ने खाँचो औँल्याउनुभयो ।

पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पाले निजी एयरलाइन्स व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै दुर्गम क्षेत्रमा अनिवार्य जाने व्यवस्था ऐनमा गरिनुपर्ने धारणा राख्नुभयो ।

सरोकारवालाको धारणा सुनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीले पुरानो ऐन संशोधनले अहिलेको आवश्वकतालाई पूरा गर्न नसक्ने भएकाले नयाँ ऐन ल्याउन लागिएको उल्लेख गर्नुभयो । उहाँले संविधान, प्रदेश सरकार र स्थानीय सरकारसँग नबाजिने गरी नयाँ ऐनमा पर्यटन क्षेत्र समेट्नुपर्ने विषयलाई समावेश गरेर नयाँ ऐन बनाउन निर्देशन दिनुभयो ।

फरक प्रसङ्गमा पर्यटनमन्त्री अधिकारीले पछिल्लो समय नेपाल वायु सेवाको वाइड बडी जहाज खरीदको विषयलाई चर्काएर संस्थालाई नै कमजोर बनाउने प्रयास गरिएको भन्दै सत्यतथ्य छानबिन गरी कोही दोषी देखिएका कार्वाही गर्न तर संस्थालाई धराशयी बनाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com