
नारायणपुर, १२ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित आधारभूत विद्यालयमा पुगेर आफूले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
विद्यार्थी सरोज अर्याल, नविना गुरुङ, रीता चौधरी, सङ्गीता थापा र पुष्पा विकलाई कापीकलम, स्कूल ड्रेस, झोला सहयोग गरेको सचेतक चौधरीले बताउनुभयो ।
विद्यार्थी भर्ना अभियानका क्रममा सरकारको योजनाअनुसार सचेतक चौधरीले पनि विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्