ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति (हेर्नुस फोटो फिचर)


admin
मंसिर १२, २०७५ बुधबार  ५ : ४२ बजे

काठमाडौं, १२ मङसिर । कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने बताए ।

उपराष्ट्रपति पुनले बुधबार विहान डोल्पाको शे–फोक्सुण्डो तालको किनारामा आयोजित शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा उनले शे–फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपिल गरे । ‘कर्णाली गरिब होइन धनी प्रदेश हो ।

आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो’, उनले भने, ‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे–फोक्सोण्डो यहीं छ । सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ ।’

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रवद्र्धन हुने बताए । ‘अब कर्णालीलाई सबैले चिन्नेछन् । सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछन् ।

यहाँको भ्रमण गर्नेछन्,’ उनले भने, ‘कर्णालीलाई धेरैले अझै पिछडिएको, गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यामबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ ।’

कर्णाली भ्रमणको क्रममा मंगलबार साँझ मुगुको रारामा नेपाी सेनाको व्यारेकमा बसेका उपराष्ट्रपति पुनले अपरान्ह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गरेका थिए ।

कर्णालीमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताए । उनले कर्णालीको समृद्धिको आधार कृषि, पर्यटन र जडिबुटी भएको बताउँदै त्यसको प्रवद्र्धनमा विकास गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिं बुढा सहभागी थिए ।

कर्णाली भ्रमणको क्रममा बुधबार विहान शे–फोक्सुण्डोको जललाई शीरमा चढाएका उपराष्ट्रपति शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किएका छन् । उनी कर्णाली प्रदेशको भ्रमणको लागि मंगलबार विहान जुम्ला प्रस्थान गरेका थिए ।
।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com