सोलुखुम्बु , १२ मङ्सिर । खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्।
लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्। संगनाले उक्त होटलमा ५ वर्षदेखि काम गर्दै आएकी थिइन्। बहिनी खुसी भने लुक्ला आधारभूत विद्यालय कक्षा ५ मा पढ्ने गरेकी थिइन्। सोमबार राति सँगै सुतेका राई दिदीबहिनी मंगलबार बिहान अबेरसम्म नउठेपछि ढोका खोल्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ।



















प्रतिक्रिया दिनुहोस्