
कञ्चनपुर, ११ मंसिर । मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै निर्मलाको घटनाको ४ महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेकाले सरकारमा बसेका नै अपराधी हुनसक्ने डा. गोविन्द केसीले बताउनुभएको छ ।
डा.केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताउनुभएको हो । उहाँले सरकार कानमा तेल हालेर सुतेको बताउँदै १३ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या हुँदा पनि सरकारले अपराधी पत्ता नलगाएको बताउँदै त्यसमा सरकारको हात हुन सक्ने बताउनुभएको छ ।
‘एउटी १३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ’, डा. केसीले भन्नुभयो ‘तर सरकार मुकदर्शक छ ।’ निर्मलाको घटनामा अपराधीलाई जोगाउनकै लागि सरकार मुकदर्शक बनेको उहाँको आरोप छ ।
‘यतिका दिनसम्म सरकाले अपराधी पत्ता लगाउनुपर्ने होइन ?’, उल्टै प्रश्न गर्दै उहाँले भन्नुभयो ‘प्रमाण मेट्नेहरु पनि यतिबेला जेलमा हुनु पर्ने हो । तर किन तिनीहरुलाई कारबाही भएन ?’ निर्मलाको न्यायका लागि सिंगो देशबासी लागेको बताउदै जनताले न्याय पाएरै छोड्ने उहाँले बताउनुभयो । केसीले निर्मलाको न्यायका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्