ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरण र स्थानीय तहबीच पुनर्निर्माण सम्झौता


admin
मंसिर १०, २०७५ सोमबार  ७ : २६ बजे

काभे्रपलाञ्चोक, १० मङ्सिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभे्रपलाञ्चोकका १३ वटा स्थानीय तहसँग पुनर्निर्माण कार्यको समन्वय एवं सहयोग आदानप्रदान गर्न ११ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा आज धुलिखेलमा आयोजित पुनर्निर्माण समीक्षात्मक कार्यक्रममा स्थानीय तहका प्रमुख एवं पदाधिकारी तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कर्यान्वयन एकाई, अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुखबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यकारी अधिकृत ज्ञवालीले अबको बाँकी आवास निर्माणका लागि प्राधिकरणले स्थानीय निकायसँग समन्वय गर्ने योजनाअनुसार समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताकै आधारमा आवास पुनर्निर्माणको जिम्मेवारी प्रदेशमार्फत स्थानीय तहलाई दिइने योजनाअनुरुप स्थानीय तहका पदाधिकारीसँग सम्झौता गरेका हौँ ।”

अधिकृत ज्ञवालीले प्राधिकरणले काभे्रपलाञ्चोकबाट शुरु गरेको स्थानीय तहसँग पुनर्निर्माण कार्यको समन्वय एवं सहयोग आदानप्रदान गर्न अन्य भूकम्पप्रभावित जिल्लामा क्रमैसँग सम्झौता गर्दै जाने बताउनुभयो ।

समझदारीपत्रमा प्राधिकरणले नगर तथा गाउँपालिकामा इञ्जिनीयरलगायत प्राविधिक तथा अन्य कर्मचारी आवश्यकता र औचित्यका आधारमा खटाउने, हाजिरी राख्नेलगायत प्रशासनिक कामको जिम्मेवारी पालिकाको हुने र प्रमुख-अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेको आधारमा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईले निजको तलब भत्ता उपलब्ध गराउने छ ।

त्यस्तै आवश्यकतानुसार वडामा जनशक्ति खटाउने, अन्यत्र सरुवा गर्दा पालिकाको सहमति लिनुपर्ने, पालिकाले प्राधिकरणबाट खटेका जनशक्तिलाई पुनर्निर्माणको काममा मात्रै लगाउनुपर्ने उल्लेख गरिएको छ ।

प्राधिकरणबाट खटेका जनशक्तिलाई आवश्यक कार्यस्थल र फर्निचर पालिकाले व्यवस्था गर्नुपर्ने र मसलन्द खर्च प्राधिकरणले एकमुष्ट उपलब्ध गराउने, कर्मचारीलाई सामाजिक एवं राजनीतिक पूर्वाग्रहबाट मुक्त राख्नुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजना गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले पालिकामा निकासा गराउने, खटेका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेको भेटिएमा पालिकाले कारवाहीका लागि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाईलाई सिफारिश गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ ।

लाभग्राहीसँग अनुदान सम्झौता भएपछि पालिकाले प्राविधिकबाट डिजिटाइजेसन नभए गर्नुपर्ने, निजी आवास पुनर्निर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्ताबेज प्राधिकरणबाट क्रमशः पालिकामा हस्तान्तरण गरिने, पुुनर्निर्माण कार्यान्वयनमा समस्या आए प्राधिकरण तथा पालिकाले आपसी समझदारी कायम गरिने कार्यलाई अगाडि बढाइने समझदारीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com