ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात वर्षमा ७५ प्रतिशत गुनासो सम्बोधन


admin

काठमाडौं,५ मङसिर । जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासो सम्बोधन गरेको छ ।

विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गर्नुभएको हेलो सरकारले अहिलेसम्म ७५.२६ प्रतिशत गुनासो सम्बोधन गरेको हो । शुरुमा फोनबाट जनताका गुनासा टिप्दै सम्बन्धित निकायमार्फत् सम्बोधन गर्दै आएको हेलो सरकार अहिले पनि फोन, सामाजिक सञ्जालबाट गुनासो टिप्दै आएको छ ।

दैनिक अहिले ६० गुनासो आउने गर्दछन् । सात वर्षमा सर्वसाधारणबाट आएका ८४ हजार ३८० मध्ये ६३ हजार ५०७ गुनासो सम्बोधन गरिएको हेलो सरकारका शाखा अधिकृत रुपकराज अर्यालले जानकारी दिनुभयो । तीमध्ये अहिले पनि २० हजार ८७३ गुनासा भने सम्बोधन गर्न बाँकी रहेका छन् ।

अहिलेसम्म हेलो सरकारमा आएकामध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, पशुपक्षी विकास मन्त्रालयल, निर्वाचन आयोग, गृहमन्त्रालय जनताका गुनासा सम्बोधन गर्नेमा अगाडि रहेका शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयले अलि कम जनताका गुनासा सम्बोधन गर्ने गरेका देखिएको छ ।

हेला सरकारका प्रमुख उपाध्यायका अनुसार सबभन्दा बढी गृहमन्त्रालयको १४ हजार ८५० गुनासा आएका छन् । तीमध्ये १२ हजार १३ सम्बोधन गरिएका छन् । सबभन्दा कम प्रधानमन्त्रीलाई ८० वटा मात्र आएकोमा ४१ को फछ्र्योट गरिएको छ । बिहान ७ देखि दिउँसो २ र दिउँसो २ देखि साँझ ९ बजेसम्म हेलो सरकारबाट सर्वसाधारणका गुनासा टिप्ने गरिएको छ ।

टिपिएका गुनासा हेलो सरकारबाट तुरुन्तै सम्बोधन भए त्यहीबाट र नभए सम्बन्धित निकायमा सम्बोधन गर्न पत्राचार गरिन्छ । यस्तै जिल्लागत गुनासालाई त्यही सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई पठाइन्छ ।

यो निकायलाई ‘कल सेन्टर’को रुपमा विकास गर्न भनिएता पनि अहिले सम्म त्यसले पुर्णता पाउन सकेको छैन । कल सेन्टरका लागि ल्याइएको सफ्टवेयर पूर्णरुपमा सञ्चालन नहुँदा ‘गुनासो पोर्टस’ सञ्चालन ल्याउन नसकिएको हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“हामीले अहिले पनि फोन र सामाजिक सञ्जालबाट आएका गुनासोलाई हातले टिपेर सम्बोधन गर्न सम्बन्धित निकायमा पठाउने गरेका छाँै” उहाँले भन्नुभयो, “कल सेन्टरलाई ल्याइएको सफ्टवेयर सञ्चालनमा कठिनाइ हँुदा हेलो सरकारले छिटो छरितो गुनासो सम्बोधन गर्न सकेको छैन ।”

करीब ७० लाखमा छ महीना अघि उक्त सफ्टवेयर ल्याइएको हो । सम्बन्धित निकायका प्रमुखको नम्बर ‘गुनासो पोर्टल’मा राखी तत्काल सर्वसाधारणको गुनासा ती निकायको प्रमुखमा जाने छ र उहाँहरुले तुरुन्तै गुनासा सम्बोधन गर्ने गरि सफ्टवेयरको विकास गरिएको हो ।

जनशक्तिको अभाव 

हेलो सरकारमा जनशक्तिको समेत अभाव रहेको छ । जनशक्ति अभावले टेलिफोनसहित फेसबुक, भाइबर, मोबाइल एप, मेलमा आएका गुनासोलाई सम्बन्धित ठाउँमा पु¥याउन नसकिएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । अहिले एक जना उपसचिव, चार जना शाखा अधिकृत र आठ प्राविधिक कर्मचारी छन् ।

प्रदेशस्तरीय हेलो सरकार

यसैगरी चारवटा प्रदेश सरकारले पनि प्रदेशस्तरीय हेलो सरकार सञ्चालन गरेका छन् । प्रदेश नं २, गण्डकी, कर्णाली र प्रदेश नं ७ ले प्रदेशस्तरमा आफ्ना सरकार मातहतका गुनासा सम्बोधन गर्नका लागि ‘हेलो सरकार’ सञ्चालन गरेका छन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com