
काठमाडौं,५ मङसिर । नेपालमा बृहत् शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ ।
१२ वर्ष अघि आजकै दिन राज्यपक्ष र माओवादीबीच सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने सम्झौता भएको थियो ।
तत्कालीन सत्तापक्ष र दसवर्षे जनयुद्ध नेतृत्व गर्ने माओवादीबीच २०६३ मंसिर ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा बृहत् शान्ति सम्झौता भएको थियो ।
सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र माओवादीतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतास“गै २०५२ फागुन २ गतेदेखि थालिएको दसवर्षे जनयुद्ध औपचारिक रूपमा अन्त्य भएको होे ।
सम्झौताले नेपाली राष्ट्रिय राजनीतिमा माओवादी पक्षलाई शान्तिपूर्ण अवतरण गराएको थियो भने युद्ध अन्त्य भएकोमा आमजनताले खुसी व्यक्त गरेका थिए । सम्झौताअनुसार नै नेपाली राजनीतिमा संविधासभा निर्वाचन, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, समावेशीतालगायतका मुद्दाले प्रवेश पाएको हो ।
जनआन्दोलनको उपलब्धि र शान्ति प्रक्रियाको मर्म समेतलाई आत्मसात गर्दै संविधान जारी भएको ३ वर्ष पुगेको छ । संविधानले सशस्त्र सङ्घर्षलाई अनुमोदन गरेको छ ।
एक दशकसम्म खासै उपलब्धि नभएपनि केही आशा भने पलाएको छ । सम्झौताको मूल मर्मअनुसार मुलुकमा गणतन्त्रात्मक व्यवस्था लिपिबद्ध भएको छ । एकात्मक राज्य व्यवस्थालाई संविधानले संघीय संरचनामा बदलेको छ ।
शान्तिसम्झौता पछिका अवधिमा राज्यका निकाय, तह, संगठन र संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको आधार बनेको छ । संविधान निर्माणसँगै तीन तहका निर्वाचन भईसकेको छ ।
देश संघीय संरचनामा गइसकेको छ भने सरकारले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्