
बर्दिया,३ मंसिर । बर्दियाको पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत ठाकुरबाबा नगरपालिकामा बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरि पव्लिक शिक्षालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
विद्यालय तर्फ जाँदै गरेकी छात्रालाई बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय भुरीगाउँले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्